काठमाडौं । जेन–जी आन्दोलनपछिको संवेदनशील परिस्थितिमा लोकतन्त्रको जग कमजोर नपार्न नागरिक अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई खबरदारी गरेका छन् ।
१४ जना प्रबुद्ध नागरिकले बुधबार भेटेर ज्ञापनपत्र बुझाउँदै आन्दोलनमा सरकारी दमन, आपराधिक घुसपैठ र हिंसात्मक घटनाको छानबिन माग गरेका छन् ।
उनीहरूले सुरक्षा निकायको निष्क्रियताप्रति आशंका व्यक्त गर्दै राजनीतिक दल र संवैधानिक संरचनाको भूमिका सीमित पार्ने प्रयासले नयाँ द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
साथै, सरकारले विदेशस्थित नेपालीलाई मतदान अधिकार दिन अध्यादेश ल्याउन खोज्दा निर्वाचन समयमै नहुन सक्ने जोखिमबारे पनि उनीहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।












