१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी सहिदप्रति मिङ्माले गरे मेरा पिकमा दीप प्रज्वलन



अ+ अ-

काठमाडौं । जेन–जी सहिदको सम्मानमा समाजसेवी तथा युवा राजनीतिज्ञ मिङ्मा डण्डु शेर्पाले ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिकमा द्वीप प्रज्वलन गरेका छन् ।

भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते भएको आन्दोलनमा सहादत प्राप्त सबै सहिदप्रति सम्मान गर्दै शेर्पाले हिमालमा पुगेर द्वीप प्रज्वलन गरेका हुन् ।

उनले सामाजिक संञ्जालमा लेखेका छन् – Gen-Z आन्दोलन (भाद्र २३–२४) मा शहीद भएका वीर आत्माहरूको अमर स्मृतिमा, मेरा पिक (६४७६ मि.) शिखरमा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। Mera Peak Summit: 15th Sept 2025 (२०८२ भाद्र ३०)

जेन–जी समूहले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि आगजनी र तोडफोडमा समेत गरी अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ । सरकारले आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ ।

जेन–जी सहिदको सम्मानमा आज सरकारले देशभर राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झन्डा आधा झुकाएको थियो ।

सहिदहरुको सम्मानमा आज साँझ देशभर नै द्वीप समेत प्रज्वलत गरिएको छ ।