११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

गण्डकीमा क्षतिको विवरण सङ्कलनपछि सेवा प्रवाहको तयारी

गण्डकीमा क्षतिको विवरण सङ्कलनपछि सेवा प्रवाहको तयारी
अ अ+ अ-

गण्डकी।  ‘जेनजी’ प्रदर्शनीका क्रममा गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासमा भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाहेकका सबै मन्त्रालयका भवनमा तोडफोड र आगजनी गरिएको बताउनुभयो ।

“मुख्यमन्त्रीसहितको टोलीले मङ्गलबार नै प्रदेश मातहतका सबै क्षतिग्रस्त संरचनाको अवलोकन र क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरेको छ”, उहाँले भन्नुभयो, “बिहीबारसम्ममा पुनःनिर्माण गर्नुपर्ने र मर्मतसम्भार गनुपर्ने संरचनाको यथार्थ विवरण ल्याउन भौतिक मन्त्रालयलाई जिम्मेवारी तोकेका छौँ ।”

प्रदेशसभा सचिवालयबाहेक सरकार मातहतका मन्त्रालय र निकायमा गरी ४३ वटा चारपाङ्ग्रे र १०२ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी गरी क्षति पु¥याइएको प्रवक्ता डा गुरुङले जानकारी दिनुभयो ।

प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, प्रदेश प्रमुखको कार्यालय, प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशसभा भवनलगायतमा आगजनी र तोडफोड गरेको उहाँले बताउनुभयो ।

“कतिपय संरचना पूर्ण रुपमा ध्वस्त भएका छन्, तिनको पुनःनिर्माण गर्नुपर्छ, कतिपय मर्मतसम्भार गरेर सञ्चालन ल्याउन सकिने अवस्थामा छन्”, प्रवक्ता डा गुरुङले भन्नुभयो, “आर्थिक रुपमा कति क्षति भयो भनेर यकीन गर्न अझ केही समय लाग्छ, प्रदेश सरकारले अकल्पनीय भौतिक क्षति व्यहोर्नुपरेको छ ।” प्रदेश सरकार मातहतका मन्त्रालय र निकायबाट आइतबारदेखि नियमित सेवा सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो ।

कार्यालय भवनको सरसफाइ, रङरोगन र मर्मतसम्भारको काम भइरहेकाले तत्कालै पूर्ववत् रुपमा सेवा दिन नसकिएको प्रवक्ता डा गुरुङले बताउनुभयो ।

यसअघि क्षतिग्रस्त संरचनाको अवलोकनका क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै जाने र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनर्निर्माण गरिने बताउनुभयो ।

सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयबाट तत्काल नियमित सेवा प्रवाह हुने वातावरण निर्माण गरिने उहाँको भनाइ थियो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेश राजधानी पोखरामा रहेका तीनै तहका सरकार मातहतका अधिकांश कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो । रासस