१० श्रावण २०८३, आईतवार
,
Latest
मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीमा नेतृत्व परिवर्तनको माग, सिके राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन आग्रह



अ+ अ-

काठमाडौँ । जनमत पार्टीभित्र शीर्ष नेतृत्व परिवर्तनको माग सार्वजनिक भएको छ ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा। शरद सिंह यादव, जनमत युवा संघका संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सी।के। सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमसहितका नेताहरूले अध्यक्ष डा. सि.के.राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

नेताहरूले भदौ २३–२४ मा जेनजीको आन्दोलनले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याएको भन्दै पार्टीभित्र शुद्धीकरण आवश्यक रहेको उल्लेख गरेका छन् ।

कमजोर कार्यशैली, पारदर्शिताको कमी र जनभावनाविपरीत गतिविधिका कारण पार्टी आफ्नो उद्देश्यअनुसार अघि बढ्न नसकेको उनीहरूको आरोप छ ।

पार्टीलाई सशक्त, लोकतान्त्रिक र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न नयाँ नेतृत्व अपरिहार्य भएको भन्दै सबै नेता, कार्यकर्ता र सदस्यलाई पुनर्गठनमा सक्रिय हुन पनि उनीहरूले आग्रह गरेका छन् ।