काठमाडौँ । जनमत पार्टीभित्र शीर्ष नेतृत्व परिवर्तनको माग सार्वजनिक भएको छ ।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा। शरद सिंह यादव, जनमत युवा संघका संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सी।के। सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमसहितका नेताहरूले अध्यक्ष डा. सि.के.राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
नेताहरूले भदौ २३–२४ मा जेनजीको आन्दोलनले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याएको भन्दै पार्टीभित्र शुद्धीकरण आवश्यक रहेको उल्लेख गरेका छन् ।
कमजोर कार्यशैली, पारदर्शिताको कमी र जनभावनाविपरीत गतिविधिका कारण पार्टी आफ्नो उद्देश्यअनुसार अघि बढ्न नसकेको उनीहरूको आरोप छ ।
पार्टीलाई सशक्त, लोकतान्त्रिक र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न नयाँ नेतृत्व अपरिहार्य भएको भन्दै सबै नेता, कार्यकर्ता र सदस्यलाई पुनर्गठनमा सक्रिय हुन पनि उनीहरूले आग्रह गरेका छन् ।










