काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।
उनलाई बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको हो । त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो गुरुङ बताउँछन् ।
सिनामंगलको गल्लीगल्ली पछि पनि उनलाई खोजिएको र बानेश्वरसम्मै लखेटेको उनले बताए । यद्यपि, ती को थिए भन्ने चाहिँ आफूले नचिनेको पनि बताए । मार्ने उद्देश्यले नै आएको उनको भनाई छ ।










