२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवस देशभर मनाइन्छः काँग्रेस उपसभापति खड्का



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले देशभर संविधान दिवस मनाउने जनाएको छ ।

पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिनुभएको हो ।

उहाँले  बुधवार सानेपास्थित पार्टी जेनजी प्रर्दशनकारीहरुको आगजनी, तोडफोडबाट खण्डहर बनेको पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै संविधान दिवस मनाउनका लागि आफूहरुले पार्टीको क्षेत्रीय कार्य समिति, जिल्ला सभापतिहरु, भ्रातृ संस्था, सभेच्छु संस्थाहरुलाई पनि संयमतापूर्वक संविधानलाई हातमा राखेर सबै जिल्लामा मनाउन निर्देशन दिइसकिएको बताउनु भयो । संविधानको रक्षाका लागि दृढतापूर्वक संविधान दिवस मनाउने अभियानमा सरिक हुन पनि उपसभापति खड्काले सो अवसरमा सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कार्य सम्पादन समितिको बैठक ग¥यौँ । क्षेत्रीय कार्य समितिको बैठकहरु ग¥यौं । जिल्ला सभापतिहरुसँग जुम मिटिङ ग¥यौँ । र हामी ३ गते ७७ वटा जिल्लामा जुनजुन जिल्लामा जुनजुन समिति छ । सबै ठाउँमा हाम्रो पार्टीको कार्य समितिहरु, भ्रातृ संस्थाहरु शुभेच्छुक संस्थाहरुलाई सबैलाई हामीले अनुरोध गरिसकेका छौं । सबैले संयुक्त रुपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर सविधान दिवस मनाउने छलफल गरिसकेका छौं । र तपाईहरुमार्फत पनि म सबै पार्टीका क्षेत्रीय सभापति, जिल्ला सभापति लगायत सबै साथीहरुलाई ३ गते अत्यन्त संयमतापूर्वक, दृढतापूर्वक संधिाविन रक्षाको जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ । सबैलाई यही आह्वान गर्दछौं ।’

नेपाली काँग्रेसले जेन जी प्रर्दशनकारीहरुको कुटपिटबाट घाइते भई उपचार गराइरहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थामा पनि सुधार आईरहेको जनाएको छ । उपसभापति खड्काले सभापति देउवाको निर्देशनअनुसार पार्टी कामलाई अघि बढाउँदै लैजाने पनि बताउनु भयो ।