काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनताबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरी असंवैधानिक ढंगले “अनागरिक सरकार” गठन गरिएको आरोप लगाएका छन् ।
जेनजी प्रदर्शनकारीद्वारा आगजनी गरिएको पार्टी कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् विघटन गरेर लोकतन्त्र र नागरिक सर्वोच्चतामाथि प्रहार गरिएको बताए ।
थापाले पार्टी अहिले समीक्षा र ध्रुवीकरणको चरणमा रहेको पनि उल्लेख गरे ।










