• ५ आश्विन २०८०, शुक्रबार
  •      Fri Sep 22 2023
  •   Unicode
Logo
Latest
★   एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि ★   शिक्षकका मागका बारेमा कार्यवाहक प्रधानमन्त्री र मन्त्रीहरु छलफलमा ★   शिक्षक आन्दोलन आज तेस्रो दिन पनि जारी, राजधानिको सडक अस्तव्यस्त ★   क्यान निर्वाचन: चतुरबहादुरको प्यानलबाट सचिवमा उठ्दै पारस खड्का ★   आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सर्‍यो ★   आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना ★   पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन ★   शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा: प्रधानमन्त्री दाहाल ★   बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते ★   हेलो सरकारमा कस्तो छ त गुनासो तथा सुझाव

किभको सपिङ मलमा बम विष्फोट, ६ जनाको मृत्यु



एजेन्सी । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । रुसी सेनाको आक्रमणका कारण सुमीमा रहेको रासायनिक प्लान्टमा अमोनिया लिक हुन पुगेको छ । 

यसपछि प्लान्टको पाँच किलोमिटर भित्र बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ । यसैबीच रुसी सेनाले आइतबार राति किभको एउटा सपिङ मलमा हवाई हमला गरेका छन् । 

जसमा ६ जनाको मृत्यु भएको थियो । उही समयमा, युक्रेनी आपतकालीन सेवाले मलको भग्नावशेषबाट एक व्यक्तिलाई जिउँदै निकालेको छ ।

यसैबीच, मारियुपोल सहरको अन्तिम कब्जाको लागि रसियाले दिएको आत्मसमर्पणको म्याद सकिएको छ। रोयटर्सका अनुसार रुसले आइतबार राती मारियुपोल प्रशासनलाई मस्को समय अनुसार बिहान ५ बजे (नेपाली समय अनुसार सवा ८ बजे) आत्मसमर्पण गर्न समय दिएको थियो । 

तर, युक्रेनले आत्मसमर्पणको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेको छ ।