२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

निशुल्क स्वास्थ्य शिविरमा चार सय २५ को उपचार



फाइल फोटो
अ+ अ-

हुम्ला। हेल्थ अस मेडिकल सेन्टरले यहाँ सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिकसहित ४२५ जनाले सेवा लिएका छन् ।

दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा २३२ले सिमकोट गाउँपालिका– ८ स्याँडा गाउँमा र १२९ जनाले ७ नं वडाको डाँडाफया स्वास्थ्यचौकीमा सेवा लिएका हुन् ।

शिविरमा चिकित्सकको सिफारिसअनुसार औषधि पनि निःशुल्क वितरण गरिएको छ । शिविरमा जम्मा रु सात लाख बराबरको खर्च भएको आयोजक संस्थाका प्रतिनिधि नारायण फडेराले जानकारी दिए ।

सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँँका ९८ वर्षीय मेघजित शाहीले पहिलो पटक चिकित्सकबाट उपचार पाएको बताए। यत्रो उमेरसम्म चिकित्सकबाट उपचार नपाएको बताउँदै उनले शिविर सञ्चालन भएपछि चिकित्सक आएको कारण उनीहरुसँग उपचार गराएको बताए ।

दम, कान नसुन्ने र आँखामा समस्या आएपछि आफू शिविरमा उपचारका लागि आएको र चिकित्सकले औषधि उपचारसहित परामर्श दिँदा खुसी भएको प्रतिक्रिया दिए ।

तल्लो पेट दुख्ने, ग्याष्ट्रिक, बाथ, श्वासप्रश्वास, युरिक एसिड, दम, मधुमेह, स्त्री रोगसम्बन्धी सम्पूर्ण रोगको परीक्षण तथा निःशुल्क औषधि वितरणका साथै भिडियो एक्सरे, नाक, कान र घाँटीको उपचार शिविरमा गरिएको थियो ।