११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

सेवामा फर्किए जिल्ला प्रशासनदेखि प्रहरी कार्यालय

सेवामा फर्किए जिल्ला प्रशासनदेखि प्रहरी कार्यालय
अ अ+ अ-

भक्तपुर। जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी मातहतका वृत्त एवं प्रभागहरु सेवामा फर्किएका छन् ।

आन्दोलनका क्रममा प्रशासनमा भएको तोडफोड र आगजनीबाट मुद्दा शाखा पूर्ण रुपमा ध्वस्त छभने अन्य सेवामा पनि असर परेको छ । प्रशासनले जलेका सवारीसाधन, कोठाभित्र थुप्रिएका खरानीलगायतका जलेर कवाडी भएका संरचना हटाउँदै सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आगजनीले जिल्ला प्रशासन कार्यालयमा भएको फोहर सफाइ गरर सेवा सञ्चालन गरेका छौँ ।” प्रशासन कार्यालयसँगै जिल्ला समन्वय समिति, काठमाडौँ उपत्यका नगर विकास कार्यालय भक्तपुरलगायतको जलेका क्षेत्रको सरसफाइ गर्दै सेवा सुरु गरेका छन् ।

जिल्लामा पूर्ण क्षति भएको यातायात कार्यालय, सूर्यविनायक नगरपालिका–४ र ७ को कार्यालय भने सञ्चालनमा आउन सकेको छैन ।

प्रजिअ घिमिरेले प्रहरी कार्यालयबाट लुटिएका हतियार, सञ्चार सेटलगायतका सबै सामग्रीहरु भदौ मसान्तभित्र बुझाइदिन सार्वजनिक सूचना जारी गरेको जानकारी दिँदै नबुझाएमा खोजी गर्ने क्रममा भेटिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताउनुभयो । रासस