३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी तथा तोडफोड भएका दाङका सबै सरकारी कार्यालयमा सरसफाइ



अ+ अ-

दाङ। ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएका दाङका सबै कार्यालय सरसफाइ गरिएको छ ।

आजसम्म सबै सरकारी कार्यालय सरसफाइ गरिएकामा अत्यावश्यक कामहरू पनि सुरु भएका छन् । उच्च अदालत, तुलसीपुरले बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता सुरु गरेको छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिकाले क्यान्सर, मिर्गौलापीडितको उपचारका लागि सिफारिस दिन सुरु गरेको छ । उपमहानगर प्रमुख टीकाराम खड्काले कार्यपालिका बैठकले मङ्गलबारदेखि पूर्ण रूपमा सेवा दिने निर्णयसमेत गरिसकेको बताउनुभयो । मङ्गलबार सर्वपक्षीय बैठकसमेत बोलाइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, मालपोत, यातायात, आन्तरिक राजस्व, इलाका प्रशासन, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, भू–संरक्षण तथा जलाधार, लोकसेवा आयोग र नेपाल आयल निगमको कार्यालयमा सरसफाइ गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जिल्लामा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनाएका दुई दर्जनभन्दा बढी कार्यालय सफाइ गरिएको बताउनुभयो। जिल्ला प्रशासनले सरसफाइसँगै कार्यालय प्राङ्गणबाटै सेवा दिनेगरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो।रासस