२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी तथा तोडफोड भएका दाङका सबै सरकारी कार्यालयमा सरसफाइ



अ+ अ-

दाङ। ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएका दाङका सबै कार्यालय सरसफाइ गरिएको छ ।

आजसम्म सबै सरकारी कार्यालय सरसफाइ गरिएकामा अत्यावश्यक कामहरू पनि सुरु भएका छन् । उच्च अदालत, तुलसीपुरले बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता सुरु गरेको छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिकाले क्यान्सर, मिर्गौलापीडितको उपचारका लागि सिफारिस दिन सुरु गरेको छ । उपमहानगर प्रमुख टीकाराम खड्काले कार्यपालिका बैठकले मङ्गलबारदेखि पूर्ण रूपमा सेवा दिने निर्णयसमेत गरिसकेको बताउनुभयो । मङ्गलबार सर्वपक्षीय बैठकसमेत बोलाइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, मालपोत, यातायात, आन्तरिक राजस्व, इलाका प्रशासन, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, भू–संरक्षण तथा जलाधार, लोकसेवा आयोग र नेपाल आयल निगमको कार्यालयमा सरसफाइ गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जिल्लामा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनाएका दुई दर्जनभन्दा बढी कार्यालय सफाइ गरिएको बताउनुभयो। जिल्ला प्रशासनले सरसफाइसँगै कार्यालय प्राङ्गणबाटै सेवा दिनेगरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो।रासस