काठमाडौँ । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा शव फेला परेको छ ।
सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।
जेनजी आन्दोलनका क्रमम विराटनगर स्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो ।
सो क्रममा लुटपाट गर्न जानेमध्ये कसैको मृत्यु भएको हुन सक्ने प्रहीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारिएको छ ।
‘शव पूर्ण रुपमा जलेको अवस्थामा रहेकाले पहिचान गर्न कठिन छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










