१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपः भारतले पाकिस्तानलाई ७ विकेटले हरायो



Indian players celebrates wicket of Mohammad Haris of Pakistan during Match 6 of the DP World Asia Cup 2025 between India and Pakistan at Dubai International Stadium, Dubai, United Arab Emirates, on 14th September 2025. Photo by Creimas for Asian Cricket Council
अ+ अ-

काठमाडौँ । भारतले एसिया कपको छैटौँ खेलमा पाकिस्तानलाई ७ विकेटले हराएको छ ।

भारतले १२८ रनको लक्ष्य १६औँ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ९ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

जितपछि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएनन् । यसअघि टसपछि पनि कप्तान सूर्यकुमार यादवले पाकिस्तानका कप्तान सलमान अली आगासँग हात मिलाएका थिएनन् । पहलगाम आतङ्कवादी आक्रमण र त्यसपछि भएको ‘अपरेशन सिन्धूर’ पछिको यो भारत–पाकिस्तान क्रिकेट खेल हो ।

ग्रुप ‘ए’ को यस खेलमा भारतीय बलरहरूले पावरप्लेबाटै दबाब सिर्जना गरे र अन्तिमसम्म पाकिस्तानी ब्याटरहरूलाई सम्हालिन अवसर दिएनन् । साहिबजादा फरहान (४० रन) र शाहिन अफ्रिदी (३३ रन) बाहेक अरू कुनै ब्याट्सम्यानले खास प्रदर्शन गर्न सकेन ।

कुलदीप यादवले ३ विकेट लिए भने जसप्रीत बुमराह र अक्षर पटेलले २–२ विकेट हात पारे । एक–एक विकेट हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले पाए ।

भारतीय टोलीतर्फ ओपनर अभिषेक शर्मा र तिलक वर्माले ३१–३१ रनको इनिङ खेले । कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए । सूर्य र तिलकबीच तेस्रो विकेटका लागि ५६ रनको महत्त्वपूर्ण साझेदारी भयो । पाकिस्तानका सईम अयूबले तीनै विकेट लिए ।

यस जितसँगै भारत अङ्क तालिकामा शीर्ष स्थानमा उक्लेको छ भने सुपर–४ मा पुग्ने सम्भावना बढाएको छ । अर्कोतर्फ पाकिस्तानलाई भने अर्को चरणमा प्रवेश गर्न यूएईविरुद्धको अन्तिम खेल जित्नैपर्ने भएको छ ।