काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले जित निकालेको छ ।
गएराति भएको खेलमा सिटीले युनाइटेडलाई ३–० गोलले हराएको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले दुई तथा फिल फोडेनले एक गोल गरे । १८ औं मिनेटमा नै सिटीले फोडेनको गोलबाट अग्रता लिएको थियो ।
यस्तै, ५३ औं र ६८ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको जित पक्का गरे । जितसँगै सिटी ४ खेलबाट ६ अंकका साथ तालिकाको आठौं स्थानमा छ भने युनाइटेड ४ अंकका साथ १४ औं स्थानमा छ ।










