१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिपोर्टर्स क्लबमा जेनजी समूहका सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा



अ+ अ-

काठमाडौं । आफूलाई जेनजी समूहको अगुवा बताउने ‘हामी नेपाल’ संस्थाका सञ्चालक सुदन गुरुङले आइतबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन हंगामामा समाप्त भएको छ ।

राष्ट्रपति कार्यालयसँग भएको वार्ताको विवरण सुनाउँदै गुरुङले सरकार माग पूरा नगरे खारेज गर्ने चेतावनी दिएपछि पत्रकारहरूले प्रश्न राख्दा वातावरण तनावग्रस्त बन्यो ।

गुरुङले केही प्रश्नहरूलाई धम्कीपूर्ण भाषामा जवाफ दिएपछि पत्रकार र गुरुङबीच वाक्कलाप बढ्दै धकेलाधकेलसम्म पुगेको थियो ।

मृतकका परिवारसँग बसेर मिडियासँग कुरा गरिरहेका गुरुङलाई एक प्रश्नकर्ताले “५१ जनाको ज्यान गएर ल्याएको परिवर्तन ६ महिने अन्तरिम सरकारका लागि मात्र हो ?” भनेर प्रश्न गर्दा उनी उत्तेजित बने । उनले “हामी फेरि आन्दोलन गर्छौं, नेताहरूलाई घरबाट निस्कनै दिँदैनौं” भन्दै कडा चेतावनी दिए ।

उत्तेजना बढ्दै जाँदा सम्मेलन कक्षमा कोलाहल मच्चियो र गुरुङ पोडियम छोडेर बाहिरिएका थिए । घटना पछि पत्रकार सम्मेलन स्थगित गरिएको थियो ।