२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप्रका काठमाडौँद्वारा वैकल्पिक व्यवस्थासहित सेवा प्रवाह



अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् सञ्चालनका लागि अधिकतम प्रयास भइरहेको र केही सेवाका लागि वैकल्पिक व्यवस्था गरिएको जनाएको छ ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालका अनुसार यही भदौ ६ गते अगाडि राहदानीका लागि फोटो खिचिसकेका सेवाग्राहीले राहदानी लिनका लागि भदौ ३१ गतेदेखि सम्पर्क गर्न सक्नुहुनेछ ।

यसैगरी, राष्ट्रिय परिचयपत्रसम्बन्धी अत्यावश्यक सेवाका लागि नारायणहिटी दरबरमा रहेको सेवा इकाइबाट सेवा लिन सकिनेछ । राहदानीसम्बन्धी अत्यावश्यक सेवाका लागि राहदानी विभागबाटै सेवा लिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।

यसबाहेक अन्य सेवाका लागि भने भौतिक संरचना, आवश्यक प्रणाली तथा यन्त्र, उपकरणको व्यवस्था गरी शीघ्र व्यवस्थापन गरिनेछ । सेवा प्रवाहसम्बन्धी थप जानकारीका लागि कार्यालयले नियमित रूपमा सूचनामार्फत जानकारी गराउने समेत उहाँले उल्लेख गर्नुभयो ।