२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटका बेला अभूतपूर्ब एकता चाहिन्छ : डा. तिमिल्सिना



अ+ अ-

डा. अंगराज तिमिल्सिना । कोरोनाको बिश्वब्यापी संकटका बेला सबैमा सु-स्वास्थ्य र रक्षाको कामना बाहेक अरु कुरामा खासै बोल्न मन थिएन । तर अल्बर्ट आइन्स्टाइनले “यो दुनियाँ खराब गर्नेका कारणले ध्वस्त हुने नभएर खराब मान्छेहरुद्वारा समाज ध्वस्त भैरहेको टुलु-टुलु हेर्ने र केही नगर्नेहरुका कारणले हुन्छ’, भने झै बोल्नै पर्ने भयो ।

राजनीति निरन्तर चलिरहने प्रकृया हो, यसमा दुई मत छैन, तर राजनीति समाजका लागी हो भने यसको मर्यादा र सिमाको परिधी हुन्छ ।

संकटका बेला मानबता, मानबिय संबेदना र मानब जातीको सुरक्षा कुनै पनि पार्टीको स्वार्थको राजनीति भन्दा माथी हुनु पर्छ ।

तपाईहरुले मलाई यो नेपालमा के को हुनु हजुर, सबै स्वार्थी हुन, आफैलाई हेर्छन भन्नु होला, तर १४-१४ बर्ष जेलमा खान नपाएर, उपचार नपाएर अपहेलित भएर, करीब करीब ज्युदा सहित भएर लोकतन्त्रका लागी जीबनलाई हरेक मिनेट, घण्टा र बर्षमा बन्धक राखेर यहाँसम्म आएका हाम्रा नेता छन ।

संकटका बेला अभूतपूर्ब एकता चाहिन्छ । होईन भने त्यो देश देशै होइन । त्यो समाज समाजै होइन ।

अहिलेको बिश्वभरीको अवस्था हेर्दा एउटा जीबाणु र मानब जातीबिच तेश्रो बिश्वयुद्द सुरु भएको छ । फरक यत्ती हो, यो बिश्वयुद्दमा शत्रु चाँही ‘इन्भिजिबल्’ (अदृश्य) छ ।

बिश्वमा हरेक समाजलाई कोरोनाभाइरसले त्राही त्राही बनाएको छ । मै हुँ भन्ने शक्तीशाली देशहरुले पनि घुँडा टेक्नु परेको अवस्था छ । बिश्वका सबै जसो देशहरु आफ्नो पार्टीगत राजनीतिलाई थाँती राखेर राष्ट्रीय र सामाजीक एकतामा जुटेका छन, यो अभूतपूर्ब संकटका बेला ।

अमेरीकामा ‘डेमोक्य्राट्’ र ‘रिपब्लिकन्’ मिलेर बिभिन्न राहत ‘प्याकेज’ ल्याएका छन । अमेरीकामा कोरोनाको ‘इपिसेन्टर्’ मानिएको न्यु योर्कका ‘डेमोक्र्याट्’ गभर्नर कुमोले हिजो ‘रिपब्लिकन्रा’ ष्ट्रपती ट्रम्पलाई भेटेर सहायता मागे ।

भारतमा आफ्ना पार्टी भित्रको बिरोधका बाबजुद सोनिया गान्धीले सरकारको कोरोनाभाइरस नियन्त्रणका काममा पूर्ण समर्थन जनाएकी छन भने सरकार र सत्तारुढ पार्टीले प्रतिपक्षको समर्थन र सुझाबलाई गंभिरताका साथ लिएको छ ।

३-३ चोटी चुनाब गराएर पनि सरकार बनाउन असफल इजरायलमा कोरोनाको यो संकटलाई मध्यनजर राखी सत्तापक्ष र प्रतिपक्ष मिलेर सरकार बनाएका छन ।

नेपालको राजनीतिक अवस्था हेर्दा उदेक लाग्दो छ । भारतमा मोदी सरकारले यो संकटका बेला जीबन जोखिममा राखेर ‘फ्रोन्ट लाईन’ मा काम गर्ने स्वास्थ्यकर्मी माथी आक्रमण हुने वा ‘ह्यार्यास’ गर्ने केस बढेकाले स्वास्थ्यकर्मी माथी हिंसा गरे ७ बर्षसम्म जेल हाल्ने अध्यादेश ल्यायो ।

बाधा फुकाउनु पर्यो, संकटलाई ब्यबस्थापन गर्नु पर्यो भने स्वभाबिकरुपले अध्यादेशको अपेक्षा हुन्छ र यही उदेश्यका लागी यसको प्राबधान राखिएको हो ।

नेपालको सरकारले कोरोनाको संक्रमण र संकट्लाई प्रभाबकारीरुपले ब्यबस्थापन गर्न यस्तै अध्यादेश ल्याएको भए, सारा नेपालीको आदर र बिश्वास हासिल गर्थ्यो ।

संकटको बेला कुनै कोणबाट सान्दर्भिक नदेखिने, आफ्नै पार्टीभित्र फुट ल्याउने, ३ करोड भन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने प्रधानमंत्रीले नै संबिधानको भाबना बिरुद्द खुलेयाम बिरोधीरविपक्षी पार्टीलाई फुटाउन अध्यादेश ल्याइएको भन्ने र संकटका बेला समग्र समाजलाई एक ठाँउमा ल्याउनुको साँटो समाजलाई बिभाजन गरेर शासन गर्ने रणनीतिले हाम्रो राजनीती कती निकृष्ट छ भन्ने देखाउछ ।

संकट भनेको समग्र समाजलाई एक बनाएर आशाबादी सोचलाई बढावा दिने र संकटलाई शक्तीमा बदल्ने बेला हो ।

तर नेपालको राजनीती संकट ब्यबस्थापन होइन कि राजनीतिक बिग्रह, बिखण्डन र भारी बहुमत हुँदा हुँदै अस्थिरतातिर धकेलिदै गएको देखिन्छ ।

सत्तारुढ नेकपाकै २० जना शक्तिशाली स्थायी समिति सदस्यहरुले सरकारको अध्यादेशको बिरोध जनाइरहेका छन भने यही घटनाले एकातिर पूर्व राज्यमन्त्री एवं समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र यादवलाई पार्टी फुटाउने प्रयोजनका लागि सरकारले अपहरण गरिएको भनिएको छ भने अर्कोतिर राजपा र समाजबादीबिच एकता गर्ने सहमति भएको छ ।

नेपालमा अहिले कोरोनाको संक्रमण कुनै ठूलो समस्या नभएर पार्टी फुटाउने काम महत्वपूर्ण हो भन्ने सन्देश जानु बिडम्बना हो।

नेपालको राजनीति हंगेरीमा जस्तो त हुने होईन भन्ने खतरा छ । हंगेरीमा अहिले ‘कोरोना कु’ भने शब्द धेरै चलन-चल्तीमा छ ।

हालसालै हंगेरीका प्रधानमंत्री भिक्टर ओर्बानले कोरोनाको संकटलाई निहुँ बनाएर चलाखीपूर्बक एउटा कानून ल्याए जुन कानूनले उनलाई चुनाब स्थगित गरेर अनिश्चित कालका लागी ‘डीक्री’ (अध्यादेश) बाटै ‘डिक्टेटर्’ जस्तै शासन गर्ने आधार दियो ।

अर्थात यो बैधानिक प्रकृया प्रयोग गरेर लादिएको अबैधानिक कानून थियो ।

आशा गरौं, नेपालको राजनीतिमा यो कोरोना संकटमा बेला ‘कुल माइण्ड प्रीभेल्’ गर्ने छन अर्थात समग्र समाजको भलो चाहनेहरु एक ठाँउमा उभिन वा आबाज उठाउन चुक्ने छैनन ।

बाँकी समयलाई छोडी दिउँ । समयभन्दा बलवान राजनीति पनि हुँदैन ।




भर्खरै