३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल प्रिमियर लिगको शिर्षस्थानमा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले नटिङहम फरेस्टलाई ३–० गोलले हराएको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन मार्टिन जुबिमेन्डीले दुई तथा भिक्टर ग्योकेरेसले एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा आर्सनलले जुबिमेन्डीको गोलबाट अग्रता लिएको थियो । उनले डि–बक्स बाहिरबाट भली प्रहार गर्दै उत्कृष्ट गोल गरे ।

४६ औं मिनेटमा ग्योकेरेसले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । यस्तै, ७९ औं मिनेटमा जुबिमेन्डीले हेडरमार्फत व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गर्दै ३–० ले जित दिलाए ।

जितसँगै आर्सनल अंकतालिकाको शिर्षस्थानमा उक्लिएको छ । उसको ४ खेलबाट ९ अंक छ । नटिङहम भने ४ अंकका साथ ११ औं स्थानमा छ ।