२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

पर्यटन प्रवर्द्धनको सपना टुटेको छैन: चन्द्रागिरि हिल्स लिमिटेड

पर्यटन प्रवर्द्धनको सपना टुटेको छैन: चन्द्रागिरि हिल्स लिमिटेड
अ अ+ अ-

चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवर्द्धनको सपना नटुटेको र विचलित नभएको जनाएको छ ।

चन्द्रागिरि हिल्सले एक बिज्ञप्ति जारी गर्दे अठोट अझ दृढ भएको र तपाईं–हामी सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित रहेको जनाएको छ ।

हिल्सले प्रदर्शनकै क्रममा मङ्गलबार अन्य ठाउँहरुमा जस्तै हामीलाई समेत निशाना बनाई तोडफोड तथा आगजनी गरिँदा केवलकारको बटम स्टेशनमा ठुलो क्षति पुगेको जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ- हाम्रो अठोट कमजोर भएको छैन । गुणस्तरीय सेवाको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा हामी कति पनि विचलित भएका छैनौँ । यहाँहरूले देखाउनु भएको सद्भाव, साथ र सहयोगले पर्यटन विकासमार्फत देशको मुहार फेर्ने हाम्रो सपना र अठोट अझै मजबुत बनेको महसुस गरेका छौँ । हामी पुन: उठ्ने छौँ र छिट्टै नै सेवा सुचारु गर्न सक्षम हुनेछौँ ।

बिज्ञप्तिको पूर्णपाठ

भदौ २३ गते सोमबार यता जेन(जी प्रदर्शनका क्रममा भएका दु:खद घटनामा परि जीवन गुमाउनु भएका सम्पूर्ण व्यक्तिहरूप्रति हामी गहिरो दु:ख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।

जेन-जी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग तथा समग्र आर्थिक समृद्धिका मुद्दाप्रति हाम्रो सम्मान र साझा उद्देश्य रहेको छ । तथापि, सोही उद्देश्यका लागि भएको आन्दोलनका क्रममा भएका अकल्पनीय तथा अवाञ्छनीय गतिविधिका कारण सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड) को रूपमा सञ्चालनमा रहेको यस चन्द्रागिरि केबलकारमा समेत ठूलो क्षति भएको छ।

हामी सबैलाई थाहा छ, चन्द्रागिरि केबलकार कुनै एकल लगानी भएको संस्था होइन। यो पब्लिक लिमिटेड कम्पनीका रूपमा लाखौँ शेयरधनीहरूको साझा लगानी भएको राष्ट्रिय सम्पत्ति तथा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्ने पवित्र सपनाको जगमा स्थापित भएको संस्था हो। नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रदर्शनकै क्रममा मङ्गलबार अन्य ठाउँहरुमा जस्तै हामीलाई समेत निशाना बनाई तोडफोड तथा आगजनी गरिँदा केवलकारको बटम स्टेशनमा ठुलो क्षति पुगेको छ। यद्यपि, हाम्रो अठोट कमजोर भएको छैन । गुणस्तरीय सेवाको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा हामी कति पनि विचलित भएका छैनौँ । यहाँहरूले देखाउनु भएको सद्भाव, साथ र सहयोगले पर्यटन विकासमार्फत देशको मुहार फेर्ने हाम्रो सपना र अठोट अझै मजबुत बनेको महसुस गरेका छौँ । हामी पुन: उठ्ने छौँ र छिट्टै नै सेवा सुचारु गर्न सक्षम हुनेछौँ । हामीसँग जोडिनुभएका कर्मचारी साथीहरू र उहाँहरूको परिवारको सपना तथा आम ग्राहकवर्गको अपेक्षा अटुट राख्न थप सक्रिय हुनेछौँ । आगामी दिनमा व्यावसायिक वातावरण थप सहज बन्नेछ भन्ने अपेक्षा सहित अझ गुणस्तरीय सेवामा समर्पित रहँदै थप लगानी र रोजगारी सिर्जनामा प्रतिबद्ध रहेको यहाँहरूलाई विश्वास दिलाउन चाहन्छौ ।

यस कठिन समयमा क्षति कम गराउन र आगजनी नियन्त्रणमा लिन खटिनु भएका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूले देखाउनुभएको सक्रिय सहयोग र तदारुकताप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ। यस परिस्थितिबाट पर्यटक तथा दर्शनार्थीहरूलाई परेको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ। साथै स्थानीय, समुदायको सहयोग र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह पनि गर्दछौँ।

चन्द्रागिरि हिल्स लिमिटेड
चन्द्रागिरि, काठमाण्डौं