६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक मार्गभन्दा बाहिरबाट कुनै कदम चालिएमा देशको लागी ठुलो दुर्भाग्यः महेश बर्तौला



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का युवा नेता महेश बर्तौलाले राष्ट्रपतिसमक्ष हाल रिक्त रहेको प्रधानमन्त्री पद पूर्ति गर्दा संविधानबाहेक अन्य मार्ग नअपनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपतिसमक्ष संवैधानिक व्यवस्थाअनुसार धारा ७६ बमोजिम तत्काल सूचना आह्वान गरी प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउन सुझाव दिएका हुन् ।

बर्तौलाले लेखेका छन्, “संवैधानिक मार्गभन्दा बाहिरबाट कुनै कदम चालिएमा देशका लागि ठूलो दुर्भाग्य हुनेछ । प्रधानमन्त्री बन्ने व्यक्ति वा दल जो भए पनि संवैधानिक प्रक्रियामा आउँदा आपत्ति हुने छैन, तर निर्वाचित संसदलाई अस्वीकृत गर्दै संविधान, व्यवस्था र लोकतन्त्र विरोधी, विदेशीको कठपुतलीलाई देश सुम्पने महागल्ती नगरियोस् ।”

उनले हालसालै जेनजीको आन्दोलनलाई सरकारको बेथिति, विकृति र भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने उद्देश्यका रूपमा व्याख्या गरेका छन् । “जेन जीहरूको आन्दोलन विदेशी इशारामा देशको तालाचाबी सुम्पनु भन्ने उद्देश्यका लागि थिएन,” बर्तौलाले भने ।

भदौ २३ गतेको आन्दोलनमा भएको प्रहरी दमन र २४ गतेको आगजनी, तोडफोड, लुटपाट जस्ता घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न उनले आग्रह गरेका छन् ।यस कार्यका लागि पूर्ण साथ र समर्थन रहने उनले स्पष्ट पारेका छन् ।

उनले फेसबुकमा लेखेका छन्ः
सम्माननीय राष्ट्रपति ज्यु,
नेपालको संविधान ( २०७२ को धारा ७६ बमोजिम हाल रिक्त अवस्थामा रहेको प्रधानमन्त्री पदमा नियुक्तिका लागी तत्काल सुचना आह्वान गरियोस । संवैधानिक मार्ग भन्दा बाहिरबाट कुनै कदम चालिएमा देशको लागी त्यो ठुलो दुर्भाग्य हुनेछ भन्ने कुरा सम्माननीय राष्ट्रपति ज्युलाई स्मरण गराउन चाहन्छु।

अहिलेको यस परिश्थितीमा संवैधानिक मार्गबाट प्रधानमन्त्री बन्ने ब्यक्ति वा दल जो सुकै होउन त्यो आपत्ति र असहमतीको बिषय भएन तर सार्वभौम नेपाली जनताको बिवेकको मतबाट निर्वाचित संसद लाई अस्विकार गरेर संविधान बिरोधी, ब्यवस्था बिरोधी, लोकतन्त्र बिरोधी , देशद्रोही र बिदेशीहरुको कठपुतली लाई देश सुम्पने महागल्ती नगरियोस ।

जेन जीहरुको आन्दोलन बिदेशीहरूको इशारामा काम गर्ने राष्ट्रघाती हरुलाई देशको तालाचाबी सुम्पनु पर्छ भन्नका लागी थिएन, उहाँहरूको आन्दोलन त सरकार को शासकीय कार्यशैलीले निम्त्याएको बेथिति , बिकृती र भ्रष्टाचार अन्त्य गरी देशमा सुशासन स्थापना गर्नका लागी थियो । त्यसैले जेन जीहरूले आन्दोलन मार्फत उठाएका हरेक जायज र न्यायोचित मागहरु पुरा गर्न सरकार तयार हुनुपर्दछ ।

यही भदौ २३ गतेको जेन जीहरूको आन्दोलनमा भएको निर्मम , पाशविक र आततायी प्रहरी दमन र २४ गते भएको भिषण आगजनी , तोडफोड, लुटपाट जस्ता बिधम्सकारी घटनाको उच्चस्तरीय न्यायिक छानबीन आयोग बनाइ दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाहीको दायरा मा ल्याइनु पर्दछ । यस कार्यका लागी हाम्रो पुर्ण साथ र समर्थन रहन्छ ।