२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

कारागार परिसरबाट फरार बन्दीहरूलाई सम्पर्कमा आउन नख्खु कारागारको सुचना

कारागार परिसरबाट फरार बन्दीहरूलाई सम्पर्कमा आउन नख्खु कारागारको सुचना
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नख्खु कारागार प्रशासनले फरार सबै कैदी बन्दीलाई सम्पर्कमा आउन सुचना जारी गरेको छ । प्रशासले आज एक सुचना जारी गर्दे मिति २०८१ भदौ २४ गते कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरूलाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई कानूनी प्रक्रिया तथा विधिको पूर्ण पालनाको अनुरोध गरेको छ ।

सुचनामा भनिएको छ फरार अवस्थाको निरन्तरता रहँदा कानूनी रुपमा थप बढाइएका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुने हरेक कानूनी अधिकार, सुविधा तथा सामाजिक पुन:स्थापन प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्ने भएकाले यस सम्बन्धमा सम्पूर्ण फरार बन्दीबन्दिनीहरूलाई सचेत र सम्झना गराइन्छ।

सुचनमा भनिएको छ विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनको सम्पर्कस्थापन गरी आत्मसमर्पण गर्न तथा सार्वजनिक शान्ति तथा सुरक्षाको कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार बन्दीबन्दिनीहरूलाई यसै सूचना मार्फत औपचारिक रुपमा अपिल गरिन्छ। साथै सम्पर्क हुन नसकेका बन्दीबन्दिनी कारागार ऐन २०७६ र अन्य प्रवर्तित कानुन बमोजिम भएजस्तो व्यबहार अवलम्बन गरिनेछ।

सुचनमा भनिएको छ यस कारागार प्रशासनको सम्पर्कमा आउने व्यक्तिहरुको हकहितको रक्षा गर्दै प्रवर्तित कानुनी प्रावधानअनुसार उनीहरूको पुन:स्थापना प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता पनि गर्दछौं।