२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

सभामुख घिमिरे र अध्यक्ष दाहालको आग्रह: विधिको शासन र संविधानवाद भित्र बाट नै निकास निकाल्नु पर्छ

सभामुख घिमिरे र अध्यक्ष दाहालको आग्रह: विधिको शासन र संविधानवाद भित्र बाट नै निकास निकाल्नु पर्छ
अ अ+ अ-

काठमाडौं । सभामुख देव राज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संवैधानिक प्रक्रियाबाट निकास दिन विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने जनाउनु भएको छ ।

सभामुख घिमिरे र अध्यक्ष दाहाले आजजारी गर्नुभएको सयुक्त वक्तब्यमा भनिएको छ “देशमा विद्यमान विपन्न परिस्थितिमा जनताको निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपरो गर्दै संवैधानिक प्रक्रियाबाट निकास दिन माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं।”

वक्तब्यमा भनिएको भदौ २३ र २४ गते भएको न्भल(श् आन्दोलनका क्रममा जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

वक्तव्यमा आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध निकायहरूलाई विशेष आग्रह गरिएको छ। साथै, भदौ २४ गते सिंहदरबारस्थित संघीय संसद भवन, सचिवालय परिसर, सरकारी तथा निजी आवास, सवारी साधन, व्यावसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा गरिएका तोडफोड र आगजनी घटनाप्रति कडा शब्दमा निन्दा व्यक्त गरिएको छ।

सभामुख घिमिरे र अध्यक्ष दाहालले आन्दोलनरत पक्षका मागहरूलाई सम्बोधन गर्दै अझ उत्कर्ष, समृद्ध र बलियो लोकतन्त्रको निर्माणमा सबैलाई एकजुट हुन अपील गर्नुभएको छ।