काठमाडौं । सभामुख देव राज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संवैधानिक प्रक्रियाबाट निकास दिन विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने जनाउनु भएको छ ।
सभामुख घिमिरे र अध्यक्ष दाहाले आजजारी गर्नुभएको सयुक्त वक्तब्यमा भनिएको छ “देशमा विद्यमान विपन्न परिस्थितिमा जनताको निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपरो गर्दै संवैधानिक प्रक्रियाबाट निकास दिन माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं।”
वक्तब्यमा भनिएको भदौ २३ र २४ गते भएको न्भल(श् आन्दोलनका क्रममा जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
वक्तव्यमा आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध निकायहरूलाई विशेष आग्रह गरिएको छ। साथै, भदौ २४ गते सिंहदरबारस्थित संघीय संसद भवन, सचिवालय परिसर, सरकारी तथा निजी आवास, सवारी साधन, व्यावसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा गरिएका तोडफोड र आगजनी घटनाप्रति कडा शब्दमा निन्दा व्यक्त गरिएको छ।
सभामुख घिमिरे र अध्यक्ष दाहालले आन्दोलनरत पक्षका मागहरूलाई सम्बोधन गर्दै अझ उत्कर्ष, समृद्ध र बलियो लोकतन्त्रको निर्माणमा सबैलाई एकजुट हुन अपील गर्नुभएको छ।










