२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालकी पाँचौ संक्रमित बागलुङकी अंशुले पनि जितिन कोरोना



अ+ अ-

काठमाडौं । नेपालकी पाँचौ कोरोना संक्रमितले कोरोनालाई जितेकी छन् । एक महिनाभन्दा लामो समय आइसोलेसनमा बसेकी बागलुङकी १९ वर्षीय अंशु सापकोटा निको भएर घर फर्किएकी छन् ।

गत चैत ४ मा नेपाल आएकी बागलुङ नगरपालिका-४ कुँँडुलेकी सापकोटाको स्वाब परीक्षणमा गर्दा लगातार दोस्रोपटक पनि नेगेटिभ देखिएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको हो

त्यसअघि चार पटकसम्म ती युवतीको रिपोर्ट पोजेटिभ आएको थियो। तर, पछिल्ला २ रिपोर्ट लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सुवेदीले बताइन् ।