१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा सैनिक गस्ती बढ्यो, राजसंस्था पुनःस्थापनाको हल्ला



अ+ अ-

काठमाडौं ।  नेपालको राजनीतिमा आज केही उथलपुथल हुन लागेको संकेत देखिएको छ । एक समाचार स्रोतका अनुसार प्रमुख राजनीतिक दलका नेताहरुलाई आज अपराह्नदेखि सेनाले एक प्रकारको नजरबन्दमा राखेको छ ।

उनीहरुलाई आजदेखि फोन सम्पर्क गर्न नदिइएको स्रोत बताउँछ । यता राजधानी काठमाडौँमा सेनाको संख्या र चहलपहल बढ्दै गएको देखिएको छ । बाहिरको कतिपय जिल्लाका सैनिकहरु पनि काठमाडौँ ल्याइएको छ भने आज साँझ सैनिक मुख्यालय भद्रकालीको चहलपहल पनि अर्कै देखिएको छ ।

यसबाट कुनै राजनीतिक नयाँ कदम आउन सक्ने या आजै रातिसम्म प्रधानमन्त्री नियुक्त हुनसक्ने अनुमान गरिएको छ ।