३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु



अ+ अ-

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा (६) को उपदफा (३) (क) बमोजिम निषेधाज्ञा र कर्फ्यु आदेश जारी गर्नुभएको हो ।

जसअनुसार आज साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा र साँझ ७ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्म लागु हुने गरी दफा ६(क) बमोजिम कर्फ्युको आदेश जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

हाल देशभर विकसित घटनाक्रम एवं सम्बन्धित पक्षहरुसँग वार्ताको पहल भइरहेको जनाउँदै पछिल्लो समय जनजीवन क्रमशः सामान्यीकरण हुँदै गएको अवस्थामा समाजमा अराजक तत्वहरुको घुसपैठ भई प्रदर्शन, जुलुस, दङ्गा तथा झडप भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई उक्त आदेश जारी गरिएको प्रजिअ अधिकारीले उल्लेख गर्नुभएको छ ।

उक्त अवधिमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक निजी तथा सार्वजनिक यातायातका सबै सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञा जारी भएको समय र क्षेत्रमा अत्यावश्यक सेवाका सवारी साधनहरु, बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवार सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु, हवाई टिकटका आधारमा हवाइ यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने जनाइएको छ ।