२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

विषम परिस्थितिमा हो प्रशासकहरुको खुबी परीक्षण हुनेः पूर्वसचिव त्रिताल

विषम परिस्थितिमा हो प्रशासकहरुको खुबी परीक्षण हुनेः पूर्वसचिव त्रिताल
अ अ+ अ-

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले संक्रमणकालमा प्रशासनयन्त्र कसरी काम गर्नुपर्छ भन्ने सुझाव दिनु भएको छ ।

सामाजिक सञ्जालमा एक सुझाब राख्दै उहाँले विषम परिस्थितिमा प्रशासकहरुको खुबी परीक्षण हुने भन्दै परिवेशमा नेपाली सेना लगायतका सुरक्षा निकायहरुसँग उचित समन्वय गरी आवश्यक व्यवस्था गर्न प्रशासकहरु सफल हुने जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ–

संक्रमणकालमा प्रशासनयन्त्रले आफ्नो खुबी देखाउन सक्नुपर्छ !

देश अहिले विषम परिस्थितिमा छ । सर्बसाधारण नागरिक लगायत सबै क्षेत्रमा असुरक्षा र अन्योलको अवस्था छ ।

विभिन्न अपराधिक तत्वहरुले यस विषम परिस्थितिमा नाजायज फाइदा लिन अनेक अराजक हर्कत अपनाउँछन् भन्ने देखिएकै छ ।

राजनीतिक रुपमा सरकार नभएको अवस्था छ । सरकार कस्तो र कसरी गठन हुन्छ भन्ने नै अन्योल छ । सरकार गठन भए पनि गैरदलीय सरकार गठन हुने सम्भावना रहेको हुँदा नीतिगत र कार्यान्वयन तहमा अनावश्यक दलीय दवाव र प्रभाव कम होला ।

अहिले मन्त्री र तिनका आसेपासेहरुको दवाव हुँदैन ।

अहिले कम्तिमा शान्ति सुरक्षा कायम गर्ने र निर्धारित अन्य कार्यहरु गरी नागरिकमा सुरक्षा र विश्वासको वातावरण निर्माण गर्नु अत्यावश्यक छ ।

यस्तो समयमा निष्पक्ष रुपमा शान्ति सुव्यवस्था, सेवा प्रवाह र स्वीकृत योजना तथा कार्यक्रमको निर्वाध कार्यान्वयन गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ ।

आगजनी र तोडफोडबाट क्षतिग्रस्त संरचनाको सामान्य मर्मत संभार गर्दा हुन्छ वा वैकल्पिक न्यूनतम व्यवस्था गरेर हुन्छ ती संयन्त्रबाट हुने सेवालाई नियमित गर्नु आवश्यक छ ।

प्रशासनयन्त्र, खासगरी योग्य र इमान्दार प्रशासकहरुको लागि अहिलेको अवस्था चुनौती र अवसर दुबै हो । यस्तै विषम परिस्थितिमा हो प्रशासकहरुको खुबी परीक्षण हुने ।

यस परिवेशमा नेपाली सेना लगायतका सुरक्षा निकायहरुसँग उचित समन्वय गरी आवश्यक व्यवस्था गर्न प्रशासकहरु सफल हुनुहुनेछ भन्ने कुरामा म चैं विश्वस्त छु ।