२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली, देउवा, दाहाल र मन्त्रीसहितका नेता सेनाको संरक्षणमा कि नियन्त्रणमा ?



अ+ अ-

काठमाडौं । जेन–जी पुस्ताले गरेको आन्दोलनका कारण सरकार ढलेपछि प्रधानमन्त्री, मन्त्रीसहित राजनीतिक दलका नेताहरु कहाँ छन् भन्ने अझै प्रष्ट छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरीमा आफू रहेको भन्दै हिजो विज्ञप्ति जारी गर्नुभएको छ । शिवपुरी सेनाको ब्यारेक हो । तर अरु नेता कहाँ छन् यकीन छैन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उहाँकी पत्नी आरजु राणालाई प्रदर्शनकारीले नियन्त्रणमा लिएका थिए । उहाँहरुको दुवै जनाको टाउकोमा चोट लागेको छ । काठमाडौंकै कुनै अस्पतालमा उपचार गराइरहनुभएका उहाँहरुको अवस्था गम्भीर रहेको बताइएको छ । सेनाले उद्धार गरेर अस्पताल पुर्‍याएको भनिए पनि उहाँहरुलाई कुन अस्पतालमा उपचार गराइएको छ भन्ने खुलाइएको छैन ।

जेन–जी पुस्ताले आन्दोलन गरेकै दिनदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कहाँ हुनुहुन्छ भन्ने अत्तोपत्तो छैन । उहाँको निवास प्रदर्शनकारीले जलाएर ध्वस्त बनाइदिएका छन् ।

मन्त्रीहरु कहाँ छन् भन्ने यकिन छैन । प्राय: सबै मन्त्रीको घरमा प्रदर्शनकारीले आक्रमण गरि जलाइदिइसकेका छन् । केही मन्त्रीहरुलाई मन्त्रि क्वार्टरबाटै सेनाले हेलिकोप्टरमा राखेर लगेको भिडियो सार्वजनिक भएको छ । तर उनीहरुलाई कहाँ लगिएको छ र राखिएको छ भन्ने यकीन छैन ।

प्रधानमन्त्रीसहितका मन्त्री तथा केही नेताहरुलाई नेपाली सेनाले सुरक्षा दिएर राखेको छ । तर उहाँहरुलाई संरक्षण दिएर राखिएको हो या नियन्त्रणमा लिइएको हो भन्ने प्रष्ट छैन । यस विषयमा न प्रधानमन्त्री ओलीले केही सार्वजनिक गर्नुभएको छ न त मन्त्री वा राजनीतिक दलका नेताहरुले नै केही भनेका छन् ।

धेरैजसो नेताहरु उपत्यकास्थित नेपाली सेनाका विभिन्न ब्यारेकमा राखिएका छन् ।

कांग्रेस र एमालेका केही नेताहरुले सामाजिक सञ्जालमार्फत् आ–आफ्ना व्यक्तगत धारणा सार्वजनिक गरिरहेका छन् । उनीहरुको पार्टीका अधिकारिक धारणा आउन सकेका छैनन् । न त बैठक नै बसेका छन् ।

सूचना प्रविधिको यो युगमा सार्वजनिक ठाउँमा बैठक बस्ने सम्भावना नभए पनि भर्चुअल बैठक राख्न सकिने थियो । तर त्यसतर्फ पनि कांग्रेस र एमालेका नेताहरुले गर्न सकेका छैनन् ।

सशस्त्र संघर्ष हुँदै शान्तिपूर्ण राजनीतिमा आएर पटक–पटक देशको शासन सत्ता सञ्चालन गर्दै आएको नेकपा माओवादी केन्द्रले पनि अहिलेको संकटबारे र नेताहरुको अवस्थाबारे केही बोलेको छैन ।

नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जसपा नेपाल, लोसपालगायतका दलका नेताहरु पनि को कहाँ र कस्तो अवस्थामा छन्, पत्तो छैन । के राजनीतिक दलका नेताहरु सेनाको संरक्षणमा रहेका हुन् या नियन्त्रणमा ? दलहरुले नै यस विषयमा स्पष्ट नपारेकाले नागरिकमा अन्योल देखिएको छ ।