१९ मंसिर २०८२, शुक्रबार
,
Latest
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न आग्रह



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अहिलेको अवस्थामा कुनै पनि बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भएमा तत्काल कामपामा सम्पर्क गर्न आग्रह गरेको छ ।

यदि व्यक्ति वा बाल संस्थालाई समस्या आइपरे बालअधिकारका लागि राष्ट्रिय अभियानका सङ्घीय समन्वय समिति प्रतिनिधी प्रविन सिलवाल फोन नम्बर ९८४९०३६४२०, सोनी भट्टराई ९८४३८०४९६४ र सुरेश मगर ९८६९११५१६२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

साथै देशभर रहेका नेपाल बाल सङ्गठनसहितका बालगृह र त्यहाँ संरक्षित बालबालिकाको खाना, सुरक्षित आवास र सुरक्षाका निम्ति तत्पर रहन सम्पूर्ण सरोकारवाला सङ्घसंस्थालाई अनुरोधसमेत गरिएको समितिको केन्द्रीय सदस्य सोनी भट्टराईले जानकारी दिनुभयो ।

साथै अहिलेको परिस्थितिबाट सिर्जित प्रतिकूल अवस्थालाई सामान्य बनाउँदै लैजानु अबको आवश्यकता भएकाले उक्त कार्यमा जुट्नसमेत सम्पूर्णमा अपिल गरिएको छ ।

महानगर पहरी बलसँगको सहकार्यमा घाइते बालबालिकाको उपचार, यातायात अमस्या र कुरुवालाई खानपानसहितको समस्या परे सम्पर्क गर्न आग्रह गरेको छ । हाल कामपामा ३१ वटा बालगृहरू रहेका छन् । रासस