२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न आग्रह



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अहिलेको अवस्थामा कुनै पनि बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भएमा तत्काल कामपामा सम्पर्क गर्न आग्रह गरेको छ ।

यदि व्यक्ति वा बाल संस्थालाई समस्या आइपरे बालअधिकारका लागि राष्ट्रिय अभियानका सङ्घीय समन्वय समिति प्रतिनिधी प्रविन सिलवाल फोन नम्बर ९८४९०३६४२०, सोनी भट्टराई ९८४३८०४९६४ र सुरेश मगर ९८६९११५१६२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

साथै देशभर रहेका नेपाल बाल सङ्गठनसहितका बालगृह र त्यहाँ संरक्षित बालबालिकाको खाना, सुरक्षित आवास र सुरक्षाका निम्ति तत्पर रहन सम्पूर्ण सरोकारवाला सङ्घसंस्थालाई अनुरोधसमेत गरिएको समितिको केन्द्रीय सदस्य सोनी भट्टराईले जानकारी दिनुभयो ।

साथै अहिलेको परिस्थितिबाट सिर्जित प्रतिकूल अवस्थालाई सामान्य बनाउँदै लैजानु अबको आवश्यकता भएकाले उक्त कार्यमा जुट्नसमेत सम्पूर्णमा अपिल गरिएको छ ।

महानगर पहरी बलसँगको सहकार्यमा घाइते बालबालिकाको उपचार, यातायात अमस्या र कुरुवालाई खानपानसहितको समस्या परे सम्पर्क गर्न आग्रह गरेको छ । हाल कामपामा ३१ वटा बालगृहरू रहेका छन् । रासस