काठमाडौं। नेपाली सेनासंग छलफलमा रहेको जेनजी आन्दोलनको एक समुह बाहिरिएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देल सहित सैनिक नेतृत्वसंग छलफल गरिरहेको एक समुह नेपाली सेनाको मुख्यालयबाट बाहिरिएको हो । जेनजी आन्दोलनकारी मध्येकी एक रक्षा बमले प्रधानसेनापति अशोक राज सिग्देलले आन्दोलनको सरोकावाला दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टीसंग पनि छलफल गर्न भनेपछि वार्ता छोडेर बाहिरिएको सामाजिक संञ्जालमा लेखेकी छिन् ।
बमले सामाजिक सञ्जालमा लेखेकि छन्-
‘प्रधानसेनापतिले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् भन्नुभयो ,उहाँहरु स्टेकहोल्डर हो भनेर स्वयम प्रधानसेनापतिले भनिसकेपछि जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर छलफलका निम्ति तयारी गरिरहेका छौं ।’










