२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेको बाल सुधार गृहमा झडप, ५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेको बताइएको छ ।

गएराति सुधार गृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।

घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइते दुई जनाको उपचार जारी छ ।

देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोजेको थियो । त्यही क्रममा झडप भएको थियो । केही युवा भागेका छन् भने केही बालसुधार गृहभित्रै रहेका छन् ।