१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह



अ+ अ-

काठमाडौं । नेपाली सेनाले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले एक बिज्ञप्ति जारी गर्दे राष्ट्रिय सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएकोले सम्पूर्ण युवा र जनतालाई संयमता अपनाउन अनुरोध गरेको छ।

बिज्ञप्तिमा भनिएको छ

काठमाडौं । नेपाली सेनाले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले एक बिज्ञप्ति जारी गर्दे
राष्ट्रिय सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएकोले सम्पूर्ण युवा र जनतालाई संयमता अपनाउन अनुरोध गरेको छ।

सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्न निरन्तर प्रतिबद्ध रहेको पनि जनाएको छ।

बिज्ञप्तिमा भनिएको छ हाल भइरहेको जेनजी आन्दोलन सम्बन्धी घटनाक्रमलाई नेपाली सेनाले गम्भीर रूपमा विश्लेषण गरिरहेको छ।

सेनाले आन्दोलनको क्रममा ज्यान गुमाउनेहरु प्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्ति र परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

सेनाले नेपाली जनता र नेपालको हित तथा सुरक्षामा आफ्नो प्रतिबद्धता पुन: व्यक्त गरेको छ।

यो संवेदनशील अवस्थामा सबै नेपालीलाई सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह गरिएको छ।

राष्ट्रिय सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएको भन्दै नेपाली सेनाले सम्पूर्ण युवा र जनतालाई संयमता अपनाउन अनुरोध गरेको छ।