२७ असार २०८३, शनिबार
,
Latest
पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ ‘एक चीन नीति’ प्रति सचेत रहन र कुटनीतिक संवेदनशीलता कायम राख्न पूर्वराजदूतहरूको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत देशको अवस्थाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन् ।

जेन जीको प्रदर्शनमा सरकारको दमनप्रति कटाक्ष गर्दै खड्काले मुलुकमा ‘शहीद’ शब्दको दुरुपयोग भएको जिकिर गरेका छन् ।

“हाम्रो देश, नामको देश । जता हेरे, त्यतै निराशा। काम भन्दा भाषण बढी, गलत र सही मूल्याङ्कन नभएको सामाजिक मानसिकता, हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश, मृत्यु हुने प्रति हार्दिक श्रद्धाञ्जली,” खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले मुलुकमा ‘शहीद’ शब्दको दुरुपयोग भएको जिकिर गर्दै भनेका छन्, “शहीद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु शहीद हुनु हो भने, हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँ ।”