२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल निवासको छलफल सकियो- भोलि सचिवालय बैठक बस्ने



अ+ अ-


काठमाडौं

नेकपा भित्रको अन्तरसंर्घषलाई मिलाउन छलफलमा जुटेका केपी ओली समूह र माधव नेपाल समूहको छलफल सकिएको छ । भित्रि रुपमा नेताहरुबीच केही बिषयमा सहमति भएको छलफलमा सहभागी नेताहरुले जनाएका छन् । यसैका लागि मंगलबार सचिवालय बैठक बस्ने र सचिवालय बैठकले बहुचर्चित स्थायी समितिको बैठक बोलाउने निर्णय गर्ने जनाइएको छ ।

केही दिनयता केपी र माधब नेपाल समूहबीच निरन्तर छलफल भैरहेको छ । आजको छलफलमा पनि दुई नेताबीच पावर शेयरिङ लगायतका बिषयमा वालुवाटारमा एक्लाएक्लै छलफल भएको थियो । स्राेतका अनुसार पार्टी सञ्चालनको जिम्मा माधव नेपाललाई दिने र सरकार संञ्चालनको जिम्मा ओलीले लिने बारेमा छलफल भएको बुझिएको छ । साथै पार्टीको निर्देशनलाई सरकारले पालना गर्नुपर्ने बिषयमा पनि छलफल भएको जनाइएको छ ।

छलफल पछि पत्रकारहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले बैठकमा कुनै निर्णय नभए पनि मंगलबार सचिवालय बैठक बस्नेगरी टुंगिएको बताए । उनले छलफलमा दुईपक्षबीचको मन माझामाझ भएको बताए । पार्टीमा देखा परेको गतिरोध अन्त्यका लागि छिटो भन्दा छिटो सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेता पक्षका नेताहरुले कुराहरु प्रष्टसँग राखेको जानकारी दिए ।

सचिवालय बैठक मंगलबार बस्ने र उक्त बेठकले नै स्थायी कमिटि बैठक बोलाउने विषयमा निर्णय गर्ने पनि उनले बताए । उनले भने ‘अहिले के भन्यौं भन्दा सरकारका र पार्टीका विनापूर्वाग्रह समीक्षा गर्नुपर्छ र यो समस्याको निकास हामीले खोज्नु पर्छ र निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको हैसियतमा उहाँले दिने हो । गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो ।’

बैठकमा प्रधानमन्त्री ओली समूहबाट इश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु सहभागी भएका थिए ।