१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल निवासको छलफल सकियो- भोलि सचिवालय बैठक बस्ने



अ+ अ-


काठमाडौं

नेकपा भित्रको अन्तरसंर्घषलाई मिलाउन छलफलमा जुटेका केपी ओली समूह र माधव नेपाल समूहको छलफल सकिएको छ । भित्रि रुपमा नेताहरुबीच केही बिषयमा सहमति भएको छलफलमा सहभागी नेताहरुले जनाएका छन् । यसैका लागि मंगलबार सचिवालय बैठक बस्ने र सचिवालय बैठकले बहुचर्चित स्थायी समितिको बैठक बोलाउने निर्णय गर्ने जनाइएको छ ।

केही दिनयता केपी र माधब नेपाल समूहबीच निरन्तर छलफल भैरहेको छ । आजको छलफलमा पनि दुई नेताबीच पावर शेयरिङ लगायतका बिषयमा वालुवाटारमा एक्लाएक्लै छलफल भएको थियो । स्राेतका अनुसार पार्टी सञ्चालनको जिम्मा माधव नेपाललाई दिने र सरकार संञ्चालनको जिम्मा ओलीले लिने बारेमा छलफल भएको बुझिएको छ । साथै पार्टीको निर्देशनलाई सरकारले पालना गर्नुपर्ने बिषयमा पनि छलफल भएको जनाइएको छ ।

छलफल पछि पत्रकारहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले बैठकमा कुनै निर्णय नभए पनि मंगलबार सचिवालय बैठक बस्नेगरी टुंगिएको बताए । उनले छलफलमा दुईपक्षबीचको मन माझामाझ भएको बताए । पार्टीमा देखा परेको गतिरोध अन्त्यका लागि छिटो भन्दा छिटो सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेता पक्षका नेताहरुले कुराहरु प्रष्टसँग राखेको जानकारी दिए ।

सचिवालय बैठक मंगलबार बस्ने र उक्त बेठकले नै स्थायी कमिटि बैठक बोलाउने विषयमा निर्णय गर्ने पनि उनले बताए । उनले भने ‘अहिले के भन्यौं भन्दा सरकारका र पार्टीका विनापूर्वाग्रह समीक्षा गर्नुपर्छ र यो समस्याको निकास हामीले खोज्नु पर्छ र निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको हैसियतमा उहाँले दिने हो । गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो ।’

बैठकमा प्रधानमन्त्री ओली समूहबाट इश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु सहभागी भएका थिए ।