१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाई समिति सभापति खतिवडाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समिति सभापति रामहरि खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

सोमवार बिहान सभापति खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानविन समितिले जिजम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिनुभएका खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित हुनुभएको थियो । संसदीय समिति सभापति ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेसँगै संसदीय सुनुवाई समिति सभापतिको पद रिक्त थियो ।

रिक्त पदमा नेपाली काँग्रेसबाट खतिवडाको मात्रै उम्मेदवारी परेपछि खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित हुनुभएको थियो । सभापतिमा निर्वाचित खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।