१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसाधारण भन्छन्ः सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुनुपर्छ, सरकारले पनि पहल गर्नुपर्‍यो



अ+ अ-

काठमाडौ । सरकारले नेपालमा सूचिकरण नभएका फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाएको छ । ति सामाजिक सञ्जालहरु हाल नेपालमा बन्द हुँदैछन् । सरकारको यो निर्णयलाई केहीले सर्मथन गरेका छन् भने केही अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भनेर विरोध गरिरहेका छन् ।

सरकारको निर्णयको समर्थन गर्नेहरुले सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुन जरुरी रहेको बताएका छन् । उनीहरुले सरकारलाई पनि समाजिक सञ्जाल सधँै बन्द जाने बाटोमा नभई यसलाई सूचिकृत गर्नको लागि पहल गर्न सुझाव दिएका छन् । विद्यार्थीको पढाई, साना व्यवसायीहरुको व्यापार लगायतमा केही समस्या देखिएकोले उनीहरुले सामाजिक सञ्जाललाई नेपालमा सूचिकरण गरेर सञ्चालन ल्याउने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

गत बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने निर्णय गरेको हो । सोहीअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचिकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्न ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको थियो ।