४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आजदेखि एनपिएलको ट्रफी टुर सुरु

आजदेखि एनपिएलको ट्रफी टुर सुरु
अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगर किङ्सबाट शुरु हुने भएको छ ।

पहिलोपल्ट ट्रफी टुर गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले कोशीका विभिन्न स्थानमा पु¥याउँदै ट्रफी टुरको शुरुवात गर्ने भएको छ । फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सका शहरमा ट्रफी टुर गरिन लागिएको हो ।

क्यानले शुक्रवार साँझ एक कार्यक्रमका बीच पहिलोपल्ट एनपिएलको ट्रफी टुर गर्न लागिएको जानकारी दिएको थियो । दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ । त्यसअघि विभिन्न ट्रफी टुर गर्दै फ्रेन्चाइज टोलीसँग समर्थकलाई जोड्ने काम गरिने भएको छ । आजदेखि सुर भएको ट्रफी टुर आगामी कात्तिक २३ गतेसम्म हुने क्यानले जनाएको छ ।

क्यानका सचिव तथा एनपिएल गभर्निङ काउन्सिलका प्रमुख पारस खड्काले पूर्वको मेची देखि पश्चिमको महाकालीसम्म पुग्ने बताए । सबैभन्दा पहिलो उक्त ट्रफी टुरको सुरुआत कोशी प्रदेशबाट गर्न लागिएको शुरु भएको छ । त्यसपछि ट्रफी टुर जनकपुर बोल्ट्सको प्रदेश मधेश प्रदेश पुग्नेछ । जनकपुर पहिलो संस्करणको विजेता पनि हो । त्यहाँबाट उक्त ट्रफी चितवन पुग्नेछ ।

चितवन राइनोजको शहर परिक्रमपछि ट्रफी काठमाडौं आइपुग्ने कार्यक्रम छ । काठमाडौं गोर्खाजले विभिन्न ऐतिहासिक स्थलमा ट्रफी टुर गराउनेछ । त्यसपछि पोखरा र लुम्बिनी कर्णालीमा उक्त ट्रफी टुर विभिन्न कार्यक्रमसहित मनाइनेछ । अन्तिममा उक्त ट्रफी रोयल्सको प्रदेश सुदूरपश्चिम पुग्नेछ ।

क्यानले ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग एनपिएलको ट्रफीलाई जोडेको छ । उक्त ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुङ्गा राखिएको छ । शुक्रवार भएको कार्यक्रमा कीर्तिमानी पर्वतारोहीहरू फुन्जु जाङ्मी, मिङ्मा ग्याल्जे शेर्पा र मिङ्मा डेबिट शेर्पाले ट्रफी सार्वजनिक गरेका थिए । क्यान सचिव खड्काले ट्रफी कुन कुन ठाउँमा पु¥याउने फ्रेन्चाइज टोलीले नै तय गर्ने जानकारी दिए । दोस्रो संस्करणको एनपिएलका लागि मिनी अक्सन पनि भइसकेको छ ।