२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ
अ अ+ अ-

नेपालगञ्ज। नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्थाका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरी अदालतमा बुझाएको जानकारी दिए । सो संस्थाका एक हजार ५२६ जना बचतकर्ताले जाहेरी दिएका थिए ।

उच्च अदालत नेपालगञ्जको फैसला कार्यान्वयन टोलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास गरी दुई तहको अदालतले जेल सजाय र बिगो भराउने फैसला गरेसँगै उनीहरु फरार थिए । प्रहरीका अनुसार सो मुद्दाका अझै १० जना दोषी फरार छन् ।

अदालतले संस्थाका अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच–पाँच वर्ष कैद, रु ५०–५० हजार जरिवाना तोकेको छभने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।

सो सहकारीमा भएको घोटालाका सम्बन्धमा विसं २०७६ असोज २८ गते जिल्ला अदालत बाँकेमा ४१ जनामाथि सहकारी ऐन, ठगी र सङ्गठित अपराधको आरोप लगाइ परेको मुद्दामा २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले फैसला सुनाउँदै १९ जनालाई कसुरदार ठहर गरेको थियो । उक्त फैसला विरुद्ध प्रतिवादीहरू उच्च अदालत गएकामा २०८२ जेठ १४ गते उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । रासस