२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन



अ+ अ-

लमजुङ। राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पार्टीमा गुटउपगुट हुँदा समस्या देखिएको भन्दै राप्रपामा गुटउपगुटको समस्या नभएको बताएका छन् ।

बेँसीसहर नगरपालिका–७ मा आज आयोजित राप्रपा लमजुङको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले राप्रपा एकताबद्ध रूपमा अघि बढेकाले कुनै समस्या नरहेको धारणा राखे ।

देश र जनताका लागि सङ्घर्ष गर्दै आएको पार्टी भएकाले एकता र समन्वयमार्फत जनहितलाई केन्द्रमा राखेर राप्रपाले काम गर्ने अध्यक्ष लिङ्देनले उल्लेख गरे ।

प्रत्यक्ष जनताले चुनेर कार्यकारिणी प्रधानमन्त्री हुनुपर्ने माग आफ्नो पार्टीको रहेकामा उनले जोड दिए ।रासस