१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाक टिकट प्रदर्शनी



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती सेवा सरकार चलाउनु विश्वासिलो र महत्वपूर्ण अङ्ग भएकाले सेवाको गौरव राख्न सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

निजामती दिवस–२०८२ का सन्दर्भमा आज हुलाक सेवा विभागको आयोजना र नेपाल फिलाटेलिक सोसाइटीको सहआयोजनामा आयोजना गरिएको सप्ताहव्यापी निजामती दिवस हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सचिव अर्यालले भन्नुभयो, “निजामती सेवाको कार्यशैली अरु क्षेत्रमा पनि प्रभावित हुनेहुँदा यसको गौरवलाई जोगाउनु पर्छ ।” साथै उहाँले हुलाक टिकटमार्फत निजामती सेवाको मर्म र सन्दर्भलाई प्रदर्शन गर्नुले सकारात्मक प्रचारको काम गरेको बताउनुभयो ।

कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले निजामती सेवाको गौरव बढाउने किसिमका हुलाक टिकट प्रदर्शनीले आउने पुस्तालाई इतिहाससँगै सेवाको महत्वसमेत बुझाउन प्रेरित गर्ने बताउनुभयो ।

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष रविचन्द्र श्रेष्ठले प्रदर्शनीमा राखिएका हुलाक टिकटमा इतिहासदेखि वर्तमानसम्मको अवस्था समेटिएको बताउनुभयो । रिदिमा शाक्य, सायरा खड्का, सरु श्रेष्ठ, सागर भुसाल, किशोर शर्मा, प्रदीप बज्रचार्य, मिलन चन्द्र जोशी, दिनेशराज मस्के, केदार प्रधान, दिनेशप्रसाद आचार्य र दिपेन्द्ररत्न शाक्यले सङ्कलन गरेका हुलाक टिकट प्रदर्शनीमा राखिएका छन् ।