५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

‘फोहर व्यवस्थापनमा पोखराले धनगढीबाट सिक्न सक्छ’

‘फोहर व्यवस्थापनमा पोखराले धनगढीबाट सिक्न सक्छ’
अ+ अ-

गण्डकी । “सडक, पुल, भवन नभई हाम्रो नगर गौरवको योजना फोहर व्यस्थापन र सरसफाइ प्रवद्र्धन हो”, कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालले यसो भनिरहँदा कार्यक्रमका सहभागीले परर ताली बजाए । प्रमुख हमालले भन्नुभयो, “फोहर व्यवस्थापनमा जनशक्ति, स्रोतसाधन छैन भनेर गुनासो मात्र गरेर बस्ने होइन, हामीले फोहर नै नगर्ने बानी बसाल्नुपर्छ ।” उहाँको यो भनाइमा फोहर व्यवस्थापनमा व्यापक सामुदायिक सचेतना र जनसहभागिताको खाँचो रहेको भाव थियो ।

फोहर व्यवस्थापनमा धनगढी उपमहानगरपालिकाले अपनाएको सीप, प्रविधि र असल अभ्यासबारे अनुभव आदानप्रदानका लागि पुगेको पोखरा महानगरपालिकाको टोलीसमक्ष धनगढीका प्रमुख हमालले फोहर व्यवस्थापनमा अन्तरपालिका समन्वय र सहकार्यमा जोड दिनुभयो । “पोखराले गरिरहेको काम हाम्रा लागि अनुकरणीय हुनसक्छ, धनगढीबाट पोखराले पनि सिक्न सक्छ”, उहाँले भन्नुभयो, “कम प्राथमिकतामा परिरहेको फोहर व्यवस्थापनलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ । मान्छे र प्रकृति स्वस्थ र स्वच्छ भए मात्र अरू गतिविधि सही ढङ्गले अगाडि बढाउन सकिन्छ ।

‘हाम्रो धनगढी, सफा धनगढी’ र ‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै फोहरमैला व्यवस्थापन र हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको उपमहानगरप्रमुख हमालले बताउनुभयो । अवलोकन भ्रमणका लागि पुगेको महानगरपालिकाको टोलीले त्यहाँ सञ्चालनमा रहेको फोहर व्यवस्थापनसम्बन्धी आयोजनाको स्थलगत अध्ययन तथा अवलोकन गरेको थियो । धनगढी–२ सरस्वती नगरमा रहेको बायोग्यास प्लान्ट, फोहरको सूक्ष्म वर्गीकरण केन्द्र र निर्माणाधीन स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरिएको थियो ।

उक्त टोलीले धनगढी–७ पटेलामा निर्माणाधीन एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको पनि अवलोकन गरको थियोे । करिब रू एक अर्बको लागतमा बन्ने उक्त आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगेको निर्माण कम्पनीले जनाएको छ । एसियाली विकास बैंकको सहुलियत दरको ऋण सहयोगमा सङ्घ सरकार र उपमहानगरपालिका मिलेर उक्त केन्द्रको निर्माण सुरू गरेका थिए । ३० वर्षसम्म फोहर व्यवस्थापन हुने गरी उक्त केन्द्र बन्न लागेको हो ।

उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले २२ हेक्टर क्षेत्रफलमा सार्वजानिक–निजी साझेदारीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको बताउनुभयो । निजी कम्पनीको लगानीमा फोहरबाट बायोग्यास प्लान्ट बनिसकेकाले छिट्टै व्यावसायिक उत्पादन सुरू हुने जनाइएको छ । उपमहानरपालिका, सेभ द चिल्ड्रेन र जेआइजेडको लगानी तथा सहकार्यमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको वातावरण अधिकृत अवस्थीले बताउनुभयो । फोहरको सूक्ष्म वर्गीकरण र प्रशोधनको जिम्मा पनि निजी क्षेत्रलाई दिइएको उहाँले जानकारी दिनुभयो ।

त्यस क्रममा सरसफाइमा नमुना काम गरेको स्थानीय आदर्शटोल र सर्वोदय माध्यमिक विद्यालयको पनि अवलोकन गरिएको थियो ।

हरियाली प्रर्वद्धन कार्यक्रमअन्तर्गत आफ्ना दिवङ्गत आफन्तजनको स्मृतिमा सडक किनारामा रूख रोप्ने अभियान अनुकरणीय लागेको पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’का सहजकर्ता नेत्र तिमिल्सिनाले बताउनुभयो । “फोहर व्यवस्थापनमा धनगढीले गरेको लगानी, सामुदायिक अभियान, नीतिगत र कानुनी संरचनाको कार्यान्वयन हाम्रा लागि पनि महत्त्वपूर्ण सिकाइ बन्यो”, उहाँले भन्नुभयो, “धनगढीमा सफल भएका असल अभ्यासलाई पोखरामा पनि लागू गर्छौं ।”

सहरी क्षेत्रमा चुनौती बनेको फोहर व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य हुनुपर्नेमा भन्दै तिमिल्सिनाले फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

धनगढीमा प्लास्टिकजन्य फोहर नियन्त्रणका लागि गु्ट्खालगायत एकपटक प्रयोग गरेर फाल्ने प्लास्टिकलाई प्रतिबन्ध लगाइएको छ । ९५ प्रतिशत फोहर घरघरबाटै वर्गीकरण भएर फोहर व्यवस्थापन केन्द्रमा आउने व्यवस्था मिलाइएको छ ।

फोहरमैलाको दिगो समाधानका लागि व्यक्तिको व्यवहार परिवर्तन नै मुख्य कुरा हो भनेर धनगढीले सञ्चालन गरेको अभियान अनुकरणीय रहेको तिमिल्सिनाको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यालय र समुदाय परिचालनमा पनि धनगढीको अभ्यास राम्रो देखियो ।”

फोहरमैला व्यवस्थापनमा नमुनायोग्य काम गरेका स्थानीय तहबीच असल अभ्यास आदानप्रदान गर्न गत सोमबारदेखि शुक्रबारसम्म गरिएको अवलोकन भ्रमणमा पोखरा महानगरपालिकाका कर्मचारी, परियोजनाका कर्मचारी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा पोखरा महानगरपालिकामा ‘रिसाइक्लिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ सञ्चालनमा छ । यसले हरित रोजगारी प्रवर्द्धन गर्दै ठोस फोहरमैलाबाट सिर्जना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभावलाई न्यूनीकरणमा टेवा पुग्ने जनाइएको छ ।

परियोजनाले फोहर सङ्कलन तथा ढुवानी र वर्गीकरणका लागि सामुदायिक सचेतना अभिवृद्धिको काम पनि गर्दै आएको छ । त्यसका लागि १३६ वटा टोल संस्था परिचालन गरिएको छ । सन् २०२४ देखि सुरू भएको उक्त परियोजना सन् २०२९ सम्म सञ्चालन हुने पोखरा महानगरपालिकाले जनाएको छ ।