५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

मौरीपालन व्यवसायमा ६० वर्षीय दीपकुमार

मौरीपालन व्यवसायमा ६० वर्षीय दीपकुमार
फाईल फोटो
अ+ अ-

घोराही । उमेरले ६० वर्ष पुग्नुभएका दीपकुमार मगरको मुख्य पेसा मौरीपालन हो । विगत दुई दशकभन्दा बढीदेखि उहाँको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । त्यसबाट आम्दानी पनि राम्रो हुँदै गएको उहाँ बताउनुहुन्छ । जिल्लाको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर निवासी मगर विगत २५ वर्षदेखि यही व्यवसायमै हुनुहुन्छ ।

मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको मगरले बताउनुभयो । “मैले व्यावसायिक रुपमा मौरीपालन गर्न थालेको २५ वर्ष भयो”, उहाँले भन्नुभयो, “लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहको छ, यसमा घर परिवारको पनि सहयोग रहेको छ ।”

उहाँले मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत पनि व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरि छिमेकी जिल्ला रोल्पा, सल्यान, प्यूठानलगायत जिल्लामा आधुनिक प्रकारका सामग्री पठाउने गर्नुहुन्छ । मौरीपालन गर्दै आउनुभएका किसान मगर आजभोलि पनि पूर्वाधार सामग्री उत्पादनमै व्यस्त हुनुहुन्छ । विभिन्न ठाउँबाट माग आइरहेकाले पनि उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

मगरको मौरी फार्ममा २०० घार क्षमताको भए पनि हाल भने १०० मौरीसहितका घार छन् । उहाँले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताउनुभयो । “परिवारको सहयोग छ, आफैँ सुरुआतमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमै आएर पनि लैजान्छन्”, किसान मगरले भन्नुभयो, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”

अहिले उहाँको फार्ममा युरोपिय, इटालिएन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । मौरीपालन व्यवसायबाट उहाँ वार्षिक रु १२ लाख आम्दानी गर्न सफल हुनुभएको छ ।

दुई/तीन वर्ष वैदेशिक रोजगार रहँदासमेत मगरले विदेशमा पनि मौरीपालन गरेको देख्दा आफूले पनि यहाँ यही व्यवसाय थालेको बताउनुभयो । उहाँ २०५७ सालदेखि सुरु गर्दा जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सङ्ख्या जम्मा १७ जना रहेको स्मरण गर्नुहुन्छ ।

वर्षाको समय र अत्यधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताउनुभयो । मौरीपालन व्यवसाय व्यावसायिक रुपमा सुरु गरेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको अनुभव छ । रासस