५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ
अ+ अ-

जुम्ला । यहाँका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ ।

स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको हो । स्याउ व्यापारी घरमै आएर खरिद गर्न थालेका छन् । पाकेका स्याउ बिक्री गर्न थालेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रेमराज पाण्डेले जानकारी दिनुभयो ।

“बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ”, स्याउ किसान पाण्डेले भन्नुभयो, “घरमै प्रतिकिलो रु ६५ मा बिक्री सुरु गरेका छौँ, गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लैजाने गरेका छन् ।” करिब १०० बढी स्याउका बिरुवा लगाएकामध्ये ५० प्रतिशत स्याउका बिरुवाले फल दिएको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत कम फलेको स्याउ किसान पाण्डेको भनाइ छ ।

हिमा गाउँपालिकाका स्थानीय स्याउ व्यापारी प्रकाश रोकायाका अनुसार अहिले स्याउ किसानका बगैँचामा पुगेर स्याउ खरिद गर्न थालिएको छ । पालिकाभित्रका करिब ६०० कार्टुन स्याउ खरिद गरेको बताउनुभयो ।

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ र कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भन्ने तथ्याङ्क सङ्कलन गर्न जुम्ला र कालीकोटको सिमानमा रहेको नाग्म प्रहरी चौकीलाई तथ्याङ्क सङ्कलन गर्ने जिम्मा दिएको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

गत वर्षभन्दा यसवर्ष स्याउ उत्पादन केही घटेको अनुमान गरिएको छ । सही तथ्याङ्क आउन केही समय लाग्ने भएको छ । यहाँका स्याउ किसानदेखि उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् ।

विशेषगरी सडक सञ्जालसँग जोडिएका बगैँचाकाका स्याउ सङ्कलन गरेर व्यापारीले तराईका जिल्लामा बिक्री गर्न लगिसकेको कृषि विकास कार्यालयका निमित्त प्रमुख अधिकारीको भनाइ छ ।

जुम्लामा चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा दुई हजार ९०० हेक्टर क्षेत्रफलमा करिब यसवर्ष १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । स्याउ निर्यातबाट जिल्लामा झण्डै रु ४५ करोड बढी आम्दानी हुन आँकलन छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउखेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको कृषि विकास कार्यालयका निमित्त प्रमुख अधिकारीको भनाइ छ ।

स्याउको बजार प्रवर्द्धनका लागि यहाँका कृषि समूह, सहकारीलाई १२ हजार ‘जुम्ला एप्पल’ लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी पदमराज कार्कीको भनाइ छ । यहाँका करिब १८ हजार घरधुरी स्याउखेतीमा निर्भर रहेको परियोजनाले जनाएको छ ।

तरकारीखेतीबाट स्वरोजगार बन्दै जुम्लाका महिला

पछिल्लो समयमा तरकारीखेतीबाट यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । यहाँको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँका महिला तरकारीखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

केही वर्ष अगाडि तरकारीखेतीमा कुनै रुचि नराखेका यहाँका महिला अहिले विभिन्न प्रकारका सीपमूलक तालिमदेखि तरकारीखेती लगाउने प्रविधिकको ज्ञान प्राप्त भएपछि यहाँका महिला तरकारीखेतीतर्फ आकर्षित भएको स्थानीयवासी शोभा बस्नेतको भनाइ छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल जुम्लाले सञ्चालन गरेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना लागू भएदेखि गाउँका महिलाको आयआर्जनमा सुधार ल्याएको छ ।

स्थानीयवासी बस्नेतले भन्नुभयो, “गाउँमै जलवायु मैत्री कृषक पाठशाला स्थापना गरी तरकारीखेती गरेर गाउँकै महिला आत्मनिर्भर बनेका छन्, कृषक समूहमार्फत मौसमी तथा बेमौसमी तरकारीखेती गरेर गत आवमा रु एक लाख आम्दानी लिएका थियौँ ।”

तरकारीखेतीबाट स्वरोजगार बन्नुका साथै आम्दानी लिन सफल भएको उहाँले बताउनुभयो । यसले आर्थिक समस्या टार्न सहयोग मिलेको उहाँ बताउनुहुन्छ । अहिले विशेषगरी उत्पादन गरेको गोलभेँडा पालिकाको रारासेरी बजार, नाग्म र सदरमुकाम खलङ्गा बजारसम्म पुग्ने गरेको छ । अहिले गाउँमै गोलभेँडा प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको छ । खनजोतलगायतमा प्रयोग हुने हाते ट्र्याक्टर परियोजनाबाट पाएपछि काम गर्न सहज भएको उक्त गाउँका स्थानीय लक्ष्मी रावतको भनाइ छ ।

जलवायु मैत्री कृषि प्रविधिबाट गड्यौल मल, गर्मी बास, छापो विधि, झोल मल, प्लाष्टिक हाउस, पानी पोखरी, कम्पोष्ट मल र बायोचारको प्रयोग गरेर तरकारीखेतीबारे परियोजनाले यहाँका कृषि समूहलाई तालिमदेखि प्रविधिक सिपमुलक तालिम दिएको किर्डाक जुम्लाका मल्यांकन तथा अनुगमन अधिकृत ललित डाँगीले बताउनुभयो ।

तरकारीखेतीलाई प्राथमिकता दिएका गाउँका कृषकलाई यातायातको राम्रो सुविधा नहुँदा समस्या भएको छ । उत्पादित तरकारी बजारसम्म ढुवानी गर्न समस्या भएको यहाँका स्थानीय बताउँछन् । रासस