१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

प्रहरी जवानको ब्यथा / तनाव

प्रहरी जवानको ब्यथा / तनाव
अ अ+ अ-

म आफ्नो घरको चोकमाबिहान ५ः३० बजे दूधलिनजाँदाप्रहरीहरू चोकमाउभिरहेको देख्छु । त्यतीबिहान जब म घरमागएर तातो चियाबनाएर खाने विचारले खुशी हुन्छु, त्यो बेलामाप्रहरीहरू शायद रातभरी ‘सेवा’मा खटिएर, उदास अनुहार लिएर बसेका हुन्छन् । तीप्रहरी जवानको ब्यथा के कहिले कसैले विचार गर्छ होला? चोकमा बसेका तीप्रहरीलाई बिहानपखशौच लाग्यो भने कहाँजाने होलारुदिशापिशाबलामो समयसम्मच्यापेर राखेपछि त्यसले प्रहरीको स्वास्थ्यमाकति समस्यापर्ला, के कहिले कसैले ध्यानदिएको छ र? यस्तो कठिन अबस्थामाकामगरिरहेका कतिपयमहिलाप्रहरीहरू पनि छन् ।

‘प्रहरीले मानिसहरू पिटे’, प्रहरीले डाक्टर कुटे, फलाना प्रहरीलाई कामबाट हटाइयो, ‘प्रहरीको ज्यादती’आदि समाचारले ‘प्रहरीलाई’ भिलेन जस्तो भन्नेहरू पनि छन् । तर जब कोरोना भाइरसको कहरले प्रायःमानिसहरू घरमा बसेर ‘के खाने, कसो गरी समय बिताउने कुन फिल्म हेर्ने’ भनेर विचार गर्दैछन् “त्यो बेलामाप्रहरीलालाई कतितनावछ, कतिमानसिक र शारिरीक रुपले थकित छन् । उनीहरूको खानको, पानीपिउन, चर्पी आदिको राम्रो बन्दोबस्त छैन । लगातार कामगरिरहँदाउनीहरू त्रस्त छन्, त्यसैले गर्दा आवेगमाआएर यस्तो गर्छन् । यो तनावको लक्षण हो, तर कसैले पनिप्रहरीको मानसिकतनावको बारेमाविचार गर्दैनन्” ।

एक वरिष्ट मानसिकचिकित्सकले मलाई भने । नेताहरूले प्रहरीको भोजन, प्रहरी, धेरै कामगर्दा उनीहरूको पारिश्रमिकआदिको बारेमाकेहीबोल्दैनन् । आम संचार पनिप्रहरीको ज्यदतीको मात्र समाचार आउँछ । स्वास्थ्यकर्मि जतिकै खटेर कामगरिरहेका प्रहरीलाई ‘धन्यवाद’भनेर भन्ने कोही छैन । उनीहरूको मनोबल उठाउने कामकतै भएको छैन । दिनरात यसै गरेर प्रहरीलाई कामगरिरहु भनेर नेताहरूले भन्ने हो भने प्रहरीहरू भोलि बिरामीभएर ढले, अत्याधिककामले तनावभएर बिरामीभए, बाटोमा हिडेर कोरोनाको संक्रमण सर्यो भने के होलाभनेर के गृह मन्त्रालय, स्वास्थ्यमन्त्रालयले बिचारगर्नु गर्नु पर्दैन ? । मन्त्री परिषद, स्वास्थ्यमन्त्रालय, आदि स्वास्थ्यकर्मिहरूलाई के–के दिने, कसरी बचाउने भन्ने बारेमा छलफल गर्दा प्रहरीहरू पनि २४ घण्टा नै सेवामा खटिन्छन् उनीहरूको लागिखानाको विशेष प्रबन्ध हुनुपर्छ भनेर कसैले बोल्नु र कामगर्नु पर्दैन ?

दुइ मुठी चिउरा र दालमोठ वापत्रु खाना (बिस्कुट र चाउचाउ) दिएर झारा टार्ने नेताहरूलाई के बुद्धि आउँला । जबजब देशमाआतंरिक सुरक्षमा समस्या हुन्छ, प्रहरीहरू ‘प्रथमलाइनमा’ खटिन्छन् । तर त्यो खटाइ हुँदा, उनीहरूले ‘तलबलिएर मात्रकाम’गरिरहेका छन् भन्ने विचार हुन्छ, सामान्यजनको । नेताहरूले सामान्यप्रहरीलाई ‘सेवक’ नै ठान्छन्, वा ‘रोबोट’ जस्तै २४ सै घण्टा सेवामा खटिए पनि ‘उफ्’ पनि नभन्ने । बारम्बार साबुनपानीले हातधुनुस भनेर रेडियोमाआइरहँदा नेताको सुरक्षामा खटेका, बाटोमा ‘ड्युटी’ गर्ने प्रहरीले कहिले कहाँगएर ‘साबुन’पानीले हातधोएको होलान् रुउनीहरूलाई सरकारले के ‘स्यानीटाइजर’ दिएको छ रुअवश्यपनि छैन नि। हो अहिलेको असामान्यअबस्थामाप्रहरीलालई बढी कामगर्नैपर्छ, तर उनीहरू पनि स्वास्श्रथ्यकर्मी झैं ‘लक डाउन’ मै खटिरहेका छन् भन्ने विचारले स्थानिय सरकार, केन्द्र सरकारले उनीहरूको लागिविशेष ब्यवस्था गरेको त थाहा छैन ।

प्रहरीहरू गाडीमा आएको जन समुदायले देख्छ तर तीप्रहरीहरूको ‘खटाई’ प्रायवास्ता गरिन्न तर जब ‘आवेग’माआएर प्रहरीले ‘लकडाउन’ उलंघान गर्नेहरूलाई लाठी चलाउँछन्, त्यो ‘फोटो’ भाइरल बन्छ, तर प्रहरीले कतिकामदिन रातगरिरहेछन्, भन्ने कुरा चाहिँकतै भाइरल हुँदैन ।प्रहरीहरूको परिवारले पनिकतिमानसिकवेदना खेप्नु परेको छ । विशेष गरी सडक, समुदायमा खटेका प्रहरीले । ‘प्रहरी हाम्रा साथी’हुन् भन्ने भावनाआमजनताले आत्मसात गरेका छैनन् होला, किनभने कुनै पनि राजनीतिकदलका नेताले त्यो गर्न दिएकै छैनन् । ठूला पदकाप्रहरीहरूले कहिले बाटोमा खटिने प्रहरी जवानको ‘समस्या’ छलफल गर्दैनन् । कसले, कसरी, कहिलेप्रहरीलाई तनाव मुक्त गर्ने होला । (अरुणा उप्रेतीको फेसबुकबाट)