२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कति उपयुक्त ?



अ+ अ-

काठमाडौं । सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि अहिले त्यसको पक्ष र विपक्षीमा बहस भइरहेको छ । नेपालको संविधान र कानुनलाई नै चुनौती दिएको र सूचीकरण हुन आएको भन्दै सरकारले फेसबुकसहित सामाजिक सञ्जाल बन्द गराउने निर्णय गरेको हो । सरकारले २०८० सालमै सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशका जारी गरेको थियो । त्यही निर्देशिका अनुसार अहिले सामाजिक सञ्जाल बन्द गरिएको हो ।

अहिले नेपालमा सूचीकरण नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जालसम्बन्धी कुनै गुनासो भए वा उनीहरुले नेपालको कानुन नमानेमा कहाँ गएर समाउने भन्ने समस्या सरकारलाई छ । न त्यस्ता कम्पनीको कुनै आधिकारिक व्यक्ति नेपालमा छ न त कम्पनी वा संस्थाले सम्पर्क विन्दू नै राखेको छ । स्व:नियम निगरानी गर्ने अधिकारीसमेत तोकिएको छैन । यसले गर्दा सामाजिक सञ्जालमा भद्दा टिकाटिपप्णी हुने गरेका छन् । सरकारले त्यसमा निगरानी बढाउन नसक्दा बरु सूचीकरण नहुनेहरुलाई बन्द गर्ने निर्णयमा पुगेको हो ।

सामाजिक सञ्जाल कम्पनीहरुले बेवास्ता मात्र गरेनन् सरकारले गरेको आग्रहलाई पटकपटक अस्वीकार गरी देशको सार्वभौममाथि नै चुनौती दिए । त्यति मात्र होइन, सर्वोच्च अदालतले अनलाइन तथा सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्यरुपमा सूचीकरण गर्न सरकारलाई निर्देशन दिएको थियो । त्यसपछि सरकार सूचीकरणमा नआएका कम्पनीहरुविरुद्ध कडा निर्णय लिन बाध्य भएको हो ।

त्यसो त सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा आलोचना हुन्छ भन्ने सरकारलाई थाहा थियो । नभन्दै अहिले चर्को आलोचनासमेत भइरहेको छ ।

हो, हामीकहाँ सूचीकृत हुन आउ अनि मात्र सञ्चालन गर्न भनेर सरकारले भन्दा पनि उनीहरुले टेरेका छैनन् । यो उनीहरुको हेपाहा प्रवृत्ति हो । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालन गर्न नपाइने नियम धेरै देशमा छ । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सामाजिक सञ्जाल कम्पनीहरुले स्थानीय कार्यालय खोल्नुपर्ने र आवासीय प्रतिनिधि राख्नुपर्ने व्यवस्था गरेका छन् ।

जापान, अस्ट्रेलिया, क्यानडालगायतका कयौं देशमा फेसबुक अनिवार्य दर्ता गरी सहायक कम्पनी नै स्थापना भएका छन् । अन्य देशमा सामाजिक सञ्जाल कम्पनीहरुले सूचीकरण हुने तर नेपालमा नहुने भन्ने हुँदैन । उनीहरु देशको कानुनभन्दा माथि कदापी हुन सक्दैछन् । सरकारले चिन्ने भएपछि मात्र सामाजिक सञ्जाल सञ्चालन हुनुपर्छ । तर अहिलेसम्म नेपालमा पाँच वटाभन्दा बढी सामाजिक सञ्जाल सूचीकरण भएका छैनन् । अरुलाई सरकारले चिन्दा पनि चिन्दैन । तिनै नचिनेका सामाजिक सञ्जालहरु सरकारको निशानामा परेका हुन् ।

सामाजिक सञ्जाल नेपालीहरूको दैनिक जीवनको अभिन्न अंग बनेका छन् । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता प्लेटफर्महरू मनोरञ्जनका साधन मात्र होइन,सञ्चार, सूचना आदानप्रदान, सामाजिक सम्बन्ध कायम राख्ने र व्यक्तिगत तथा व्यावसायिक अवसरहरूको माध्यम बनेका छन् । कयौं व्यवसाय त यिनै सामाजिक सञ्जालमार्फत् सञ्चालित छन् । सबैभन्दा बढी त सूचना प्रविधि क्षेत्रमै सामाजिक सञ्जालको प्रयोग हुने गरेको छ । जसबाट लाखौं नागरिकको रोजगारी पाएका छन्, व्यापारको अवसर बढाएका छन् । यति हुँदा पनि सामाजिक सञ्जाल बन्द भएपछि ती सबै क्षेत्र प्रभावित हुने छन् ।

फेसबुकलगायतका सामाजिक सञ्जाल अहिले समाचारका प्रमुख स्रोत हुन् । नागरिकले आफूलाई लागेका कुरा तत्काल अभिव्यक्त गर्ने र ठूलो समूहमा एकैसाथ पुर्‍याउने गरेका छन् । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्णरुपमा उपयोग गर्न पाएका छन् । कसैको आलोचना गरेर होस् या प्रशंसा गरेर नै किन नहोस् मनको भडास पोख्न पाएका छन् । सरकारले कानुनसमेत बनाउन नसकि हठातमा बन्द गर्ने निर्णयले ती नागरिकलाई चोट पुगेको छ । वाक तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको देखिन्छ ।

सामाजिक सञ्जालमा अंकुश लागेपछि डिजिटल नेपालको सपना रोकिएको छ । सरकारको यो निर्णय प्रविधि र टेक्नोलोजीमार्फत आर्थिक विकास गर्ने, बदलिँदो शैली पछ्याउँदै अघि बढ्ने नीतिविपरीत नै देखिएको छ ।

सामाजिक सञ्जाल बन्द गरिँदा सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार–व्यवसाय गर्ने, सामाजिक सञ्जालमा निर्भर रहनेहरूलाई गम्भीर संकट पर्छ । सरकारको निर्णयले मुलुकमा स्वरोजगार भएका युवाहरू पनि विदेश पलायन हुने अवस्था सिर्जना हुने अवस्था आएको व्यवसायीहरू तर्क गर्छन् ।

सरकारी कदमले अनलाइन व्यवसायमा प्रत्यक्ष असर पार्ने भए तापनि देशको कानुन पालना गर्नु सबैको कर्तव्य हो । डिजिटल मिडियालाई मुख्य आधार बनाएका धेरै अनलाइनसम्बन्धी व्यवसायहरूलाई यसले प्रत्यक्ष असर पार्ने छ । तर, राज्यले ल्याएको कानुन सबैले मान्नुपर्ने हुन्छ ।




भर्खरै