काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकार जनचाहना र आफ्नै वाचा पूरा गर्न असफल भएको भन्दै सरकारलाई आलोचना गरेका छन्।
उनले अदालतको आदेशलाई आधार मानेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई आपत्तिजनक भन्दै विरोध जनाए। उनको भनेका छन् ‘यस्तो कदमले हजारौं नेपालीको रोजगारी र आयमाथि प्रतिकूल असर पर्छ।’ कोइरालाले सरकारलाई तुरुन्त निर्णय सच्याउन आग्रह गर्दै सामाजिक सञ्जाललाई मर्यादित र नियमनसहित प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।










