५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक: राष्ट्रिय सभाबाट पठाएको संशोधन प्रश्ताव प्रतिनिधि सभाबाट स्वीकृत



अ+ अ-

काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक , २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ ।

सभाको बुधवारको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । छलफल सहभागि हुँदै सांसदहरुले विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नुपरेका विद्यमान समस्याहरु हटेर जाने विश्वास व्यक्त गरे ।

आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले पहिचान नभएका तथा बाबुले असहयोग गरेका सन्तानलाई राहत मिल्ने उनीहरुको विश्वास छ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै यसको समर्थन गर्नुभयो । उहाँले यो विधेयकले नागरिकसम्बन्धी नागरिकले भोग्दै आएका सबै प्रकारका कानूनी अप्ठ्याराहरु अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयकले राष्ट्रका धेरै समस्याहरुलाई समाधान गर्दैछ । यसका लागि सरकार र मन्त्रीलाई धन्यावाद दिन चाहन्छु । नागरिकता प्राप्तिको अधिकार हुँदाहुँदै पनि त्यो अधिकारबाट वञ्चित नागरिकले यो विधेयक पास भएपछि सहजता महशुस गर्नेछ । आामा र बुबा दुवै नामबाट नागरिकता पाउने विश्वव्यापी मान्यता जुन नेपाल सरकारले पनि अपनाउन शुरु गरेको छ ।’

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकको समर्थन गर्नुभयो । उहाँले विधेयकले महिलाको सम्मान गरेको बताउनु भयो । उहाँले संविधानमा व्यवस्था भएपनि व्यवहारमा लागू नभएका कारण नागरिकले भोग्नुपरेको दुःखको यस विधेयकले अन्त्य गर्ने विश्वस व्यक्त गर्नुभयो । बालबालिकालाई परिचयपत्र दिने व्यवस्था पनि विधेयकको महत्वपूर्ण विषय भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो विधेयकको सबैभन्दा महत्वपूर्ण विषय भनेको महिलाको सम्मान हो । हाम्रो समाजमा रहेको ठूलो समस्याको समाधान यस विधेयकले गरेको छ । यसअघि संविधानमा व्यवस्था भएपनि कानूनमा नलेखिएको भन्दै नागरिकले जुन दुःख पाउने गर्नुभएको थियो । त्यो समस्याको समाधान यो विधेयकले गरेको छ । नाबालकहरुलाई पनि परिचयपत्र दिने जुन विषयवस्तु छ यो पनि महत्वपूर्ण विषय हो । रेकर्ड पनि हुने र पछि समस्या पनि नहुने कुरा स्वागतयोग्य रहेको छ । म यो विधेयकको समर्थन पनि गर्दछु ।’

सरकारले आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न नागरिकता ऐन संशोधन गर्नको लागि विधेयक ल्याएको हो । विधेयक पास भइसकेपछि बाबुले असहयोग गरेका तथा पहचिान नै नभएका नागरिकले समेत आमाको नामबाट मात्रै पनि नागरिकता पाउनेछन् ।