५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

प्रचारप्रसारका अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा

प्रचारप्रसारका अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा
अ+ अ-

दोधारा चाँदनी । दुर्लभ वन्यजन्तु र वनस्पतीका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या पछिल्ला उल्लेखनीय वृद्धि हुन सकेको छैन ।

निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार तत्कालीन कोभिड –१९को महामारीपछि निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्या न्यून  नै रहेका छन् । निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७५ र ७६ मा १२ हजार १३८ जनाले निकुञ्ज भ्रमण गरेका थिए । यसमा ३०८ जना विदेशी पर्यटक र ३५० दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन९सार्क०मुलुकका र ११ हजार ४८० जना स्वदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । यसपछि महामारीमा सुस्ताएको पर्यटनमाथि उठ्न सकेको छैन । कोरोना पछि विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको सङ्ख्या समेत न्यून छ ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले कोरोना महामारीअघिसम्म शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उलेख्य रहेपनि महामारीपछि यहाँ पर्यटक न्यून रहेको जानकारी दिनुभयो । “कोरोना महामारी सुरुआत हुनुभन्दा अल्लिो वर्षसम्म आन्तरिक तथा विदेशी पर्यटकले यहाँ भ्रमण गरेको पाइन्छ ।” उहाँले भन्नुभयो, “महामारीपछि विदेशी पर्यटक त शून्य जस्तै त आन्तरिक पर्यटकको सङ्ख्या समेत न्यून रहेको छ ।” उहाँले पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा समेत कमी आएको बताउनुभयो ।

निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार आव २०७६/७७ मा एक हजार ६०३ जनाले मात्रै निकुञ्ज भ्रमण गरेका छन् । आव २०७७/७८ मा दुई हजार ९२७ जनाले निकुञ्ज भ्रमण गरेको देखिन्छ ।

त्यसैगरी आव २०७८/०७९ मा दुई हजार ५७९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यसमा सार्क मुलुकका ४५ जना र १०५ जना विदेशीले निकुञ्ज भ्रमण गरेका छन् । आव २०७९र८० मा तीन हजार २७८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । यसमा १५८ जना विदेशी र १२१ जना सार्क मुलुकका छन् ।

त्यसैगरी आव २०८०/८१ मा तीन हजार ७६२ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन् । यसमा १३२ विदेशी र ११२ सार्क मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन । आव २०८१ /८२ मा तीन हजार ३७१ जनाले निकुञ्ज भ्रमण गरेका छन् । यसमा १९९ विदेशी र १५२ सार्क मुलुकका पर्यटक छन् । यो सङ्ख्या कोरोना महामारीको तुलनामा अत्यन्त न्यून हो । पर्यटक न्यून भएपछि निकुञ्ज कार्यालयले राजस्व समेत सङ्कलन गर्न सकेको छैन । गत आवमा पर्यटक र सवारीसाधनको प्रवेश शुल्कबाट रु २० लाख मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

उहाँले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहे पनि विभिन्न समस्याका कारण यहाँ उलेख्य रुपमा पर्यटक आउन नसकेको बताउनुभयो । “पर्यटकीय पूर्वाधारमा कमी, नेपाल–भारत सीमामा पर्यटकका लागि असहजता र प्रचारप्रसारको अभावले यहाँ पर्यटक बढ्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “यहाँ पर्यटकका लागि सुविधा पनि समिति मात्रामा छन् जङ्गल सफारीबाहेक अन्य गतिविधि नहुँदा पनि यहाँ पर्यटकको सङ्ख्यामा कमी आएको हो ।” उहाँले यहाँ निजी क्षेत्रबाट समेत लगानी हुन नसकेको बताउनुभयो ।

कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले सरकारको प्राथमिकतामा नपर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार हुन नसकेको बताउनुभयो । “यहाँ धेरै सम्भावना हँुदाहुँदै पनि सरकारको प्राथमिकतामा पर्यटन पर्न सकेको छैन”, उहाँले भन्नुभयो, “शुक्लाफाँटा पर्यटकका लागि उत्तम गन्तव्य हो यसको प्रचारप्रसार र पर्यटनका पूर्वाधार विकास गर्नु जरुरी छ ।” शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भए पनि यहाँ पर्यटकका लागि पूर्वाधार निर्माण नहुँदा यहाँसम्म पर्यटक पुग्न नसकेको पर्यटन व्यवसायी बताउँछन् ।

होटेल व्यवसायी सङ्घ कञ्चनपुरका निर्वतमान अध्यक्ष जगदीश भट्टले विदेशी पर्यटक आउने प्रमुख नाकामा सहज आवागमन नहुँदा समस्या भएको बताउनुभयो । “एउटा यहाँ पर्यटनका क्षेत्रमा का गर्ने दक्ष जनशक्ति छैन अर्को पर्यटकको सहजताका लागि आवश्यक पूर्वाधारमा राज्यबाट लगानी हुन सकेको छैन”, उहाँले भन्नुभयो, “राज्यले प्राथमिकताका साथ पर्यटन क्षेत्रमा काम गनएसके मात्रै यहाँको पर्यटन व्यवसाय फष्टाउँछ ।” उहाँले यहाँको जैविक विविधता र सम्भावनाका बारे प्रचारप्रसार समेत हुन नसकेको बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन्भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र  ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । यसमा पाटेबाघ, एकसिङ्घे गँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि रहेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् । रासस